कमल रावल | साउन १८, अछाम | अछाममा स्थानिय तहको पुर्नसंरचनाको प्रारम्भीक खाका सच्याउन माग गर्दै इलाका नम्बर ७ को जयगढ क्षेत्रका सरोकारवालाहरुको एक टोलिले जिविस अछाममा डेलिकेशन सहितको बिज्ञप्ति पेश गरेको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल | साउन १८, अछाम | अछाममा स्थानिय तहको पुर्नसंरचनाको प्रारम्भीक खाका सच्याउन माग गर्दै इलाका नम्बर ७ को जयगढ क्षेत्रका सरोकारवालाहरुको एक टोलिले जिविस अछाममा डेलिकेशन सहितको बिज्ञप्ति पेश गरेको छ । 

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जिविस अछाममा डेलिकेशन सहितको बिज्ञप्ति पेश

१८ श्रावण २०७३, मंगलवार १६:००

कमल रावल | साउन १८, अछाम | अछाममा स्थानिय तहको पुर्नसंरचनाको प्रारम्भीक खाका सच्याउन माग गर्दै इलाका नम्बर ७ को जयगढ क्षेत्रका सरोकारवालाहरुको एक टोलिले जिविस अछाममा डेलिकेशन सहितको बिज्ञप्ति पेश गरेको छ । 

सर्वदलिय, सर्वपक्षीय भेलावाट गठित समन्वय तथा संयुक्त संघर्ष समितीको टोलिले जिविस अछाम तथा स्थानिय निकायको सिमानिर्धारण सम्वन्धि जिल्ला प्राविधक सहयोग समितीलाई सदरमुकाम त्यस क्षेत्रका जनताको हस्ताक्षर सहितको डेलिकेसन र बिज्ञप्ति पेश गरेको हो । झण्डै अढाई सय हस्ताक्षर सहित डेलिकेशनमा आएको संघर्ष समिती तथा सरोकारवालाहरुको टोलिले इलाका नम्वर ७ अन्र्तगतका दर्ना, कालिका र तिमिल्सैनलाई मंगलसेन नगरपालिका तथा बरदादेवी, गाँजरा र जनालिकोट गाविसलाई साँफेबगर नगरपालिकामा गाभिएको भन्दै स्थानिय तहको पुर्नसंरचना सम्वन्धि प्रारम्भिक खाकावाट यो निर्णय सच्याँउन माग गरेको छ । 

ऐतिहाँसिक, धार्मीक पर्यटकीय नगरी बान्निगढीको काखमा रहेको जयगढ र आसपासको क्षृत्रलाई समेटेर नगरपालिका बनाँउनका लागि आर्थिक वर्ष २०७१/७२ को ईलाका परिषद हुदै जिल्ला परिषद वाट समेत पारित भईसकेको अवस्थामा उक्त क्षेत्रलाई बिभाजन गरि पुर्नसंरचनाको नाममा बिखण्डन ल्याँउने कार्य गरिएको भन्दै यो निर्णयले मर्माहत तुल्यायको बिज्ञप्तिमा भनिएको छ । युगौं युग देखी सामाजिक तथा धार्मीक रुपमा एकताबद्ध रहेको र बेग्लै पहिचान भएको ईलाका नम्वर ७ लाई त्यो क्षेत्रको अस्तित्वनै मेटाँउने गरी बिखण्डित निर्णय गरिएको भन्दै बिज्ञप्ति मार्फत दुःख ब्याक्त गरिएको छ । साथै ईलाका नम्वर ७ का गाविसहरुलाई समेटेर जयगढ गाँउपालिका कायम गर्न र त्यसअनुरुपको निर्णय गर्न गराँउन पनि अनुरोध गरिएको छ । हालै जिल्ला स्थित स्थानिय विकास अधिकारी संयोजक रहेको प्राविधिक सहयोग समिती र सर्वदलिय बैठकवाट जिल्लाको पुर्नसंरचनाको खाका आयोगकको निर्देशन अनुसार ७ वटा गाँउ तथा नगरपालिका रहने गरी प्रारम्भिक सिमा निर्धारणको खाका सार्वजनिक गरिएको थियो । 

यस्तै बिज्ञप्ति मार्फत यस हालै गरिएको बिखण्डित निर्णयले लोकतन्त्र र संघियताको मिठो अनुभुती नभई निरङकुश र केन्द्रमुखी तानाशाही एवम केन्द्र शासित धारणाको अनुभती भएको जनाईएको छ । बिज्ञप्ति तथा डेलिकेशन सहित प्रविधिक समितीको ध्याँनाकर्षण गराँउनका लागि समन्वय तथा संघर्ष समितीका संयोजक तिलक खत्री सहित त्यस क्षेत्रका अगुवाहरु टेक बहादुर साउद, मानबहादुर साउद, कृष्ण बहादुर खड्का लगायत समितीका सबै सदस्यहरु र समाजसेवी सरोकारवालाहरु सदरमुकाम पुग्नुभएको थियो । जिविस अछामलाई दिईको डेलिकेशनको बोधार्थ जिल्ला प्रशासन कार्यालय, पत्रकार महाँसंघ अछाम सहित बिभिन्न सञ्चार माध्ययमलाई दिईएको छ । 

यसैवित्र यसअगि ईलका नम्वर १२ का स्थानियले पनि आफुहरुलाई अपायक हुने गरी कमलबजार नगरपालिकामा आफ्नो क्षेत्रलाई गाभिएको भन्दै जिविस अछाममा डेलिकेशन दिएका थिए । स्मरण रहोस, यस अगि पनि जिल्ला प्राविधिक सहयोग समिती र सर्वदलिय सर्वपक्षीय बैठकवाट जिल्लाको भुगोल, जनसंख्या र भौगोलिक बिकटताका कारण आयोगले भनेजसरी ७ वटा गाँउ तथा नगरपालिका अछाममा असम्भव भएको निष्कर्ष सहित १० वटा गाँउ पालिकाको संख्या माग गर्ने निर्णय भईसकेको छ । संख्या थपको निर्णय आयोगवाट नआँउदा सम्म अछामवाट ७ गाँउपालिकाको खाका नपठाँउने पनि सोही बैठकको निर्णयमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान