२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उमेरको अनुसार कोभिड–१९ विरुद्धको खोप सेवा उपलब्ध गराइने : पुटिन

२०७७, २ पुष बिहीबार १६:३३

पुस २, मस्को (रासस/एएफपी) । रूसमा विकसित स्पुतनिक–भी नामक कोभिड–१९ विरुद्धको खोपलाई नागरिकको उमेर अनुसार सुरक्षित र प्रभावकारी बन्ने भएपछि यसको प्रयोगलाई अनुमति दिइने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार बताउनुभएको छ । 

आफ्नो उमेर समूहका मानिसका लागि खोप सुरक्षित प्रमाणित हुँदासाथ आफूले पनि यसको प्रयोग गर्ने उहाँले बताउनुभयो ।

रूसी राष्ट्रपतिले आफ्नो वार्षिक कार्यक्रमको समापनको सन्दर्भमा गरिएको पत्रकार सम्मेलनमा भन्नुभयो, “मलाई अझै खोप दिइएको छैन तर विज्ञको सल्लाहका आधारमा सम्भव हुने बित्तिकै यथाशीघ्र यो सेवा लिनेछु ।” 

रूस ‘कोभिड खोप आविष्कार गर्ने र उत्पादन गर्न शुरु गर्ने विश्वको पहिलो मुलुक’ बनेको दावी गर्दै पुटिनले भन्नुभयो, “रूसले उत्पादन गरेको स्पुत्निक खोप करिब ९७ प्रतिशत प्रभाबकारी रहेको रूसी विज्ञहरूले पुष्टि गरेका छन् ।” 

गत अगस्टमा दर्ता गरिएको सोभयतकालीन चर्चित सेटेलाइट स्पुतनिक–भीका नाम राखिएको यस खोप विकासको पुटिनले प्रशंसा गर्नुभएको छ । खोपको ठूला क्लिनिकल परीक्षण हुनुपूर्व नै रूसले खोप विकासमा सफलता पाएको भनी उहाँले नै घोषणा गर्नुभएको थियो ।

भ्याक्सिनका विकासकर्ताहरूका हालै प्राप्त क्लिनिकल परीक्षणको नतीजाले यो खोप ९० प्रतिशतभन्दा बढी प्रभावकारी भएको देखाएको उल्लेख रूसले गरेको छ । 

यस महिनाको शुरूमा रूसले ठूलो मात्रामा सार्वजनिक खोप अभियान सुरु गरेको थियो जसले शुरूमा उच्च जोखिममा रहेका व्यक्तिहरूलाई कोभिड–१९ खोप उपलब्ध गराउँदै आएको छ । 

पुटिनले बिहीबार भन्नुभयो, “रूसले सन् २०२१ को सुरुमा ‘खोपको लाखौं मात्रा’ उपलब्ध गराइसक्नेछ ।”

उहाँले रूसको महामारीको व्यवस्थापनको पनि प्रशंसा गर्दै भन्नुभयो, “देशले ठूलो चुनौतीको सामना ग¥यो र विश्वका अन्य देशहरूभन्दा पनि राम्रो सफलताका साथ महामारी नियन्त्रण भएको छ ।” यद्यपि अझै महामारीसँग सम्बन्धित ‘धेरै समस्याहरु’ रहेका उहाँले बताउनुभयो ।

रूसमा महामारी सुरु भएदेखि करिब ३० लाख व्यक्तिमा सङ्क्रमण पुष्टि भएको र सङ्क्रमणका हिसाबले बढी प्रभावित मुलुक हो । सङ्क्रमणको आधारमा अमेरिका, भारत, ब्राजिलपछि रूस चौथो बढी प्रभावित मुलुक हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ