रबिन्द्र यादव/ साउन १९ नवलपरासी । नवलपरासीको बज्रदल गण त्रिबेणीमा सर्पदंशको उपचार लिन आउनेको संख्या बढेको छ  । पछिल्लो बार्षिक अपडेट अनुसार बज्रदल गण त्रिबेणीमा सर्पदंशको उपचार लिन आउनेको संख्या ७९५ रहेको छ । वि.सं २०७२ अषाढ देखि २०७३ अषाढ सम्म ४४२ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रबिन्द्र यादव/ साउन १९ नवलपरासी । नवलपरासीको बज्रदल गण त्रिबेणीमा सर्पदंशको उपचार लिन आउनेको संख्या बढेको छ  । पछिल्लो बार्षिक अपडेट अनुसार बज्रदल गण त्रिबेणीमा सर्पदंशको उपचार लिन आउनेको संख्या ७९५ रहेको छ । वि.सं २०७२ अषाढ देखि २०७३ अषाढ सम्म ४४२ "/>
2026-07-04 12:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नवलपरासीको बज्रदल गण त्रिबेणीमा सर्पदंशको उपचार लिन आउनेको संख्या बढदै

रबिन्द्र यादव/ साउन १९ नवलपरासी । नवलपरासीको बज्रदल गण त्रिबेणीमा सर्पदंशको उपचार लिन आउनेको संख्या बढेको छ  । पछिल्लो बार्षिक अपडेट अनुसार बज्रदल गण त्रिबेणीमा सर्पदंशको उपचार लिन आउनेको संख्या ७९५ रहेको छ । वि.सं २०७२ अषाढ देखि २०७३ अषाढ सम्म ४४२ जना महिला र ३५३ जना पुरुष लाई सर्पदंशको उपचार भएको गणले जनाएको छ ।

गर्मी र बर्षात मौसममा सर्पहरुको बिगविगी बढि हुने गरेकोले पनि सर्पदंशको उपचार गर्नेको संख्या बढेको देखिन्छ । सो गणमा नवलपरासी, रुपन्देही र भारतका सर्पदंशका बिरामी बढि आउने आउने गरेका छन् । दिनहु दुई देखि सात जनाको संख्यामा नेपाल र भारतबाट उपचार गराउन आउने गरेका गणले बताएको छ । नवलपरासीको कालीगण्डकी सामुदायिक अस्पताल कावासोती, पृथ्वी चन्द अस्पताल परासी र बज्र दल गण त्रिबेणीमा सर्पको टोकाइमा उपचार हुने व्यवस्था छ । गणले आफ्नो उपचारका लागि व्यवस्था मिलाए पनि सर्वसाधारण लागि सेवा प्रदान गर्दै आएको छ ।

नवलपरासीको यी तीन ठाउँमा मात्र सर्पदंशको उपचार केन्द्र रहेको मा जिल्लाको पहाडी गाउँ विकास समितिहरुका बिरामीहरुको कावासोती सम्म ल्याउदा ल्याउदै बाटो मै मृत्यु हुने गरेको बताइएको छ । त्यसकारण जिल्लाको केही ठाउहरुमा सर्पदंश उपचार केन्द्र थप्नु पर्नेमा सेवाग्राहीले बताएका छन् । 

बज्रदल गण सर्पदंश उपचार केन्द्रलाई इन्द्रेणी समाजिक विकास मंचले सोलार उपलब्ध गराएको सो संस्थाका कार्यकारिणी निर्देशक बद्री प्रसाद सुवेदीले बताउनु भएको छ । यसै गरि त्रिबेणी सुस्ता गाउँ विकास समितिले पनि सहयोग गर्दै आएको गणले बताएको छ । 

नवलपरासीको सुस्तामा नारायणी नदिमा आएको बाढीले गाउमा सर्पहरु प्रबेश गरि रहेको सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरुङले बताउनु भएको छ । यसै गरि परासीमा आएको बाढीले परासी क्षेत्रमा पनि सर्पको बिगबिगी बढेको नेपाल पत्रकार महासंघ नवलपरासीका सचिव पुरुसोत्तम सुवेदीले जानकारी दिनु भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो