२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसद् विघटनको परीक्षण अब न्यायिक इजलासमा, भोली सुनुवाई

२०७७, ७ पुष मंगलवार ०२:३२

पुस ७ , काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको जननिर्वाचित संसद् विघटनको विषय न्यायिक इजलासमा पुगेको छ । संसद् विघटनको विषय अदालत प्रवेशसँगै न्यायिक परीक्षणको विषय बनेको छ ।

संविधानको मर्मलाई कुल्चिएर प्रधानमन्त्री र राष्ट्रपतिबाट संविधानको चीरहरण गरेको भन्दै संसद् पुनस्र्थापना र संसद् विघटनको निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा ११ वटा रिट दर्ता भएका छन् । दर्ता भएका रिट निवेदनमध्ये एउटा संवैधानिक इजलासमा र बाँकी १० वटाको साधारण इजलासमार्फत सुनुवाइ हुनेछ । साधारण इजलासबाट प्रवेश भएको रिटमा संवैधानिक इजलासमा जान उपयुक्त देखिए न्यायाधीशले आदेश गर्न सक्नेछन् । त्यसपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितका पाँच जनाको संवैधानिक इजलासले सुनुवाइ गर्नेछ । संवैधानिक इजलासमार्फत सुनुवाइका लागि पेस भएको मुद्दा सिधै संवैधानिक इजलासमा सुनुवाइ हुनेछ ।

संसद् पुनस्र्थापनाको माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू सुलभ खरेल, कञ्चनकृष्ण न्यौपाने, लोकेन्द्रबहादुर वली, ज्ञानेन्द्र आरण, शालिकराम सापकोटा, कमलबहादुर खत्री, मणिराम उपाध्याय, अमिता गौतम पौडेल, दीपक राईलगायतले दायर गरेको रिट साधारण इजलासमा सुनुवाइ हुने भएको छ । उनीहरूले दायर गरेको रिटमा ८ पुसमा सुनुवाइ हुनेछ । 

संवैधानिक इजलासका लागि तयार भएको रोस्टरमा न्यायाधीशहरू दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशसिंह राउत र सपना प्रधान मल्ल छन् । संवैधानिक इजलासमा सुनुवाइको माग गर्दै अधिवक्ता सन्तोष भण्डारीले दायर गरेको रिटको सुनुवाइ आगामी शक्रबार हुनेछ । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ