२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

सुदूरपश्चिमः एक हप्तामा नौ हजारलाई कोरोना विरुद्धको खोप,बैतडीमा कति ?

२१ माघ २०७७, बुधबार ०८:५३

माघ २१, बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा नौ हजार बढी व्यक्तिलाई कोरोना भाइरस विरुद्धको (कोभिशिल्ड) खोप लगाइएको छ । प्रदेशका नौ वटै जिल्लामा गरेर हालसम्म नौ हजार ७३ जनालाई खोप लगाइएको हो । 

माघ १४ गतेदेखि ७ दिनको अवधिमा सो सङ्ख्यामा खोप लगाइएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले जानकारी दिनुभयो ।  प्रदेशमा सबैभन्दा बढी दुई हजार १८ जनालाई खोप लगाइएको छ । 

यस्तै  अछाममा एक हजार १९५, बैतडीमा एक हजार ६५, कञ्चनपुर ९६४, डडेल्धुरामा ९४२, डोटीमा ९४०, दार्चुलामा ७४७, बझाङमा ६९१ र बाजुरामा ५११ जनलाई खोप लगाइएको हो ।  खोप कार्यक्रमका लागि सुदूरपश्चिम प्रदेशमा १२ वटा खोप केन्द्र तोकिएको छ ।  

सरकारले सुदूरपश्चिमसहित देशका सबै प्रदेशमा यही माघ १४ गतेदेखि पहिलो चरणको कोरानाविरुद्धको खोप लगाउने कार्यक्रम सञ्चालन गरेको हो । पहिलो चरणमा अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, कैदीबन्दी, एम्बुलेन्स तथा शवबाहनका चालक तथा सहचालक र कोरोनाका कारण मृत्यु भएकाको शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई खोप लगाउने कार्य भइरहेको छ ।  

भारत सरकारले अनुदानमा उपलब्ध गराएको खोप सङ्घीय सरकारले सुदूरपश्चिमका लागि ३६ हजार डोज खोप पठाएको थियो । सुदूरपश्चिममा यही माघ १४ गतेदेखि शुरु भएको पहिलो चरणको खोप अभियान माघ २८ सम्म सञ्चालन हुनेछ । प्रदेशमा खोप अभियानको शुभारम्भ सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले गर्नुभएको थियो भने पहिलो खोप निर्देशक डा गुणराज अवस्थीले लगाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता