२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

किशोरी मृत्यु प्रकरण : तालीम प्राप्त कुकुरसहित प्राविधिकको टोली परिचालन

२४ माघ २०७७, शनिबार ०४:५३

माघ २४, बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिक–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको मृत्युबारे अनुसन्धान गर्न शुक्रबार तालीम प्राप्त कुकुरसहितको टोली परिचालन गरिएको छ  । 

तालीम प्राप्त कुकुरसहित प्राविधिकको टोली परिचालन गरिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “घटनामा संलग्नलाई खोज्न तथा थप अनुसन्धान गर्न सहज होस् भनेर कुकुरको प्रयोग गरेका हौैँ ।” बुधबार घरबाट विद्यालय गएकी किशोरी भट्ट साँझ घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर हत्या गरी फालिएको अवस्थामा शव नजिकैको लबलेक जङ्गलमा फेला परेको थियो ।

शव वीभत्स अवस्थामा फेला परेकाले बलात्कारपछि हत्या गरिएको हुनसक्ने मृतक किशोरीका आफन्त शिवराज भट्टले बताउनुभयो । प्रहरीले भने मृतक किशोरीको शव परीक्षण गरेपछि मात्रै बलात्कार भए नभएको बारेमा थाहा हुने जनाएको छ । दोषी पत्ता लगाई कारवाहीको दायरमा नल्याउँदासम्म शव उठाउन नदिने आफन्तले बताएका छन् । मृतक किशोरी दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सनातन धर्म माविका कक्षा १२ मा अध्ययनरत थिइन् । किशोरीको मृत्यु भएपछि शोकमा दोगडाकेदार गाउँपालिकाले बिहीबार शोक बिदा दिएको थियो । गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीद्वारा जारी विज्ञप्तिमा उक्त घटनाको निन्दा गर्दै सत्यतथ्य छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरिएको छ ।  

  किशोरी हत्या घटना जघन्य अपराध रहेको भन्दै दोषीलाई अविलम्ब पक्राउ गरी कारवाही गर्न विभिन्न संस्थाले माग गरेका छन् । घटनास्थलमा तालीमप्राप्त कुकुरसहितको टोली परिचालन गरेपछि किशोरीको मोबाइल फेला परेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिनुभयो । 

घटनाको अनुसन्धानका लागि एसएसपीको नेतृत्वमा छुट्टै प्रहरी टोली जिल्ला पुगेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेको नेतृत्वमा घटना अनुसन्धानका लागि छुट्टै प्रहरी टोली पुगेको हो । टोलीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका प्रहरी नायब उपरीक्षकलाई खटाइएको छ । जिल्लाले गरिरहेको अनुसन्धानमा प्राविधिक सहयोग गर्न छुट्टै टोली खटाइएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम