४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

दुई दिनदेखि तनहुँका बेपत्ता किशोर भेटिएनन्

२८ माघ २०७७, बुधबार ०४:३४

माघ २८, तनहुँ । तनहुँको व्यास नगरपालिका–४ सिमलटार बस्दै आएका १७ वर्षीय ईश्वर क्षेत्री सोमबार बिहान क्याम्पस जान भनेर घरबाट निस्किनुभयो । आदिकवि भानुभक्त क्याम्पसमा कक्षा ११ मा अध्ययनरत ईश्वरको मङ्गलबार परीक्षा थियो । क्याम्पस जान हिँड्नुभएका उहाँ क्याम्पस पुग्नुभएन ।

सिमलटारस्थित मामाघर बसेर पढ्दै आउनुभएका ईश्वर बेलुका अबेरसम्म घर फर्किनुभएन । घर नफर्किएपछि ईश्वरका दाजु सन्तोषले साथीभाइलाई सम्पर्क गर्नुभयो । बिहान क्याम्पस पनि नगएको र साथीभाइको सम्पर्कमा पनि नरहेको पत्ता लागेपछि सन्तोषले भाइ हराएको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा खबर गर्नुभयो । 

मङ्गलबार बिहानदेखि बेपत्ता भएका ईश्वरको बुधबार साँझसम्म केही पत्ता लाग्न नसकेको वीरता टोल विकास संस्थाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो । “दुई दिन भइसक्यो ईश्वरको केही अत्तोपत्तो लाग्न सकेको छैन”, उहाँले भन्नुभयो, “बजार क्षेत्रको सिसिटिभी फुटेज पनि हेर्याँै, केही जानकारी प्राप्त हुन सकेन ।” जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले किशोरको खोजीकार्य तीव्र पारिएको जानकारी दिनुभयो । 

सवारी साधनलाई कारवाही

पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्डमा सञ्चालन हुने बसमा अनधिकृत बोर्ड राखेको पाइएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले कारवाही गरेको छ । पुग्नुपर्ने स्थानभन्दा फरक स्थान जाने अनधिकृत बोर्ड राखेर यात्रुलाई ढाँट, छल गरेको गुनासो आएपछि प्रहरीले गरेको जाँचका क्रममा ४० बसलाई कारवाही गरिएको ट्राफिक प्रमुख रेशम रानाभाटले जानकारी दिनुभयो । उहाँका अनुसार २१ बसलाई कारवाही गरी छाडिएको र १९ बसका कागजपत्र नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ