२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

मतदाता नामावली अद्यावधिक शुरु

२८ माघ २०७७, बुधबार १०:३३

माघ २८, म्याग्दी । जिल्ला निर्वाचन कार्यालयले आगामी वैशाखमा घोषणा गरिएको मध्यावधि निर्वाचनका लागि मतदाता नामावली अद्यावधिलाई तीव्र बनाएको छ । स्थानीय तहबाट सहायक नाम दर्ता अधिकारीले सङ्कलन गरेर ल्याएको विवरणअनुसार मतदाता नामावली अद्यावधिक शुरु गरिएको हो । वडा सचिवमार्फत सहायक नाम दर्ता अधिकारीले सङ्कलन गरेको विवरण निर्वाचन कार्यालयमा बुझाइसकेका छन् । 

प्राप्त विवरणअनुसार बसाइँसराइ गरेका, मृत्यु भएका, नागरिकता त्यागेकाको नामावली हटाउन थालिएको छ । दोहोरो नामावली परेकाको एक ठाउँमा मात्र कायम गर्ने काम भइरहेको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले बताउनुभयो । 

गत पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपतिले आगामी वैशाख १७ र २७ गते मध्यावधी निर्वाचन घोषणा गर्नुभएको थियो । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गोविन्द थापाका अनुसार पुस ५ गतेसम्म ८२ हजार ९८७ जनाले तस्बिरसहितको मतदाता नामावली दर्ता गरेका थिए । सो नामावलीबाट १८ वर्ष नपुगेकालाई हटाउन ८१ हजार २६५ नाम कायम भएको छ ।

अठार वर्ष नपुगेका, मृत्यु, बसाइँसराइ गरेका र नागरिकता त्यागेकाको नाम हटाएपछि मतदाताको सङ्ख्या एकिन हुने जनाइएको छ । आगामी निर्वाचनमा म्याग्दीमा एक मतदान केन्द्र परिवर्तन र दुई नयाँ मतदान केन्द्र थप गर्न निर्वाचन आयोगमा सिफारिस गरिएको छ ।

 मङ्गला गाउँपालिका– १ भरजुलाको बालोदय आधारभूत र अन्नपूर्ण गाउँपालिका–८ को हिमाञ्चल माविमा मतदाता थप गर्न सिफारिस गरिएको हो । बेनी नगरपालिका–५ को चेतना आधारभूत विद्यालयको मतदान केन्द्रलाई जनकल्याण माविको केन्द्रमा गाभ्ने र जनकल्याणको एक मतदान केन्द्रलाई सोही वडाको डिम्म आधारभूत विद्यालयमा सार्न सिफारिस गरिएको हो । 

एक मतदान केन्द्रमा एक हजार भन्दा बढी मतदाता हुनुपर्ने नीतिगत व्यवस्था छ । यसअघि म्याग्दीमा ७२ मतदानस्थल र १०६ मतदान केन्द्र थिए ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य