२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

गैँडा मारी खाग बिक्री गरेको अभियोगमा १४ जना पक्राउ

२८ माघ २०७७, बुधबार १०:४१

माघ २८, चितवन । दुर्लभ एकसिङ्गे गैँडा मारी खाग बिक्री गरेको अभियोगमा १४ जनालाई पक्राउ गरिएको छ । यसै अभियोगमा १८ जना फरार रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी अभियुक्तलाई सार्वजनिक गरेको हो । 

चालू आर्थिक वर्ष शुरु भएयता निकुञ्जमा चोरी शिकारीबाट मारिएका चार गैँडा फेला परेका थिए । यस लगत्तै निकुञ्ज प्रशासन, सुरक्षार्थ खटिएको नेपाली सेनाको बटुक दल गण, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरुलाई देशका विभिन्न ठाउँबाट पक्राउ गरेको हो । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार कावासोती नगरपालिका–७ का ४८ वर्षीय पल्ला भनिने शिवनारायण महतोलाई घरबाटै पक्राउ गरिएको थियो । भरतपुर महानगरपालिका–२८ स्यालबासका ४९ वर्षीय रणबहादुर भनिने जीतबहादुर कुमाल र निजको श्रीमती ईन्द्रमाया कुमाललाई नवलपुरको चोरमाराबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो । 

बाँकेको सोनारीका ३५ वर्षीय हरिप्रसाद थारु र निजकी श्रीमती विष्णुमाया गुरुङलाई उनीहरु बसोबास गरेको नवलपुरको गैँडाकोट नगरपालिका–१ ईट्टाभट्टाबाट पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । यस्तै गैँडाकोट वडा नं १ का ३२ वर्षीय काले र अशोक गुरुङ भन्ने सुकबहादुर गुरुङलाई गोरखाको आरुघाटबाट पक्राउ गरिएको हो । पक्राउ परेकाहरुको बयानको आधारमा अन्य सातजना संलग्न भएको बुझिएको र उनीहरुको खोजीकार्य भइरहेको बरालले जानकारी दिनुभयो । 

यसैगरी अनुसन्धानको क्रममा गैँडा मारी खाग चोरी शिकार भएका विगतका अन्य घटनासमेत खुल्न आएका छन् । विगतका घटनामा संलग्न भएको अभियोगमा जिल्लाको कालिका नगरपालिका–९ शक्तिखोर बस्ने तारा चेपाङ भन्ने वीरमान सिंह प्रजा, गोरखा नगरपालिका– ७ नयाँ बजारका कैलाशबाबु आलेलाई गोरखा बजारबाट पक्राउ गरिएको छ । सोही गिरोहका लमजुङ बँेशीसहर नगरपालिका–१० बस्ने ३२ वर्षीय सोमबहादुर गुरुङलाई काठमाडौँबाट पक्राउ गरिएको हो ।

माडी नगरपालिका–९ अयोध्यापुरी बस्ने वर्ष ३२ का दुर्गा भुजेल भन्ने दुर्गाबहादुर सार्कीलाई महोत्तरी बर्दिबासबाट पक्राउ गरिएको हो । मकवानपुर जिल्ला वाग्मती गाउँपालिका–३ घर भई काठमाडौँ गोकणेश्वर बस्ने ३५ वर्षीय नवीन पौडेल भन्ने मेखबहादुर नेपाली, मुगु जिल्लाको मुगु घर भई काठमाडाँंैको बौद्ध बस्ने ६१ वर्षीय नाङ्गे तामाङ लामा, काठमाडौँ बौद्धका २१ वर्षीय योञ्जन भनिने छिरिङ लामाको नामले चिनिने योन्देन ग्याम्जो तामाङलाईसमेत पक्राउ गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 

तनहुँको आबुखैरेनी नगरपालिका–५ घुमाउने बस्ने ३३ वर्षीय हरिबहादुर मगरलाइसमेत पक्राउ गरिएको छ । अनुसन्धानका क्रममा पक्राउ परेकाहरुको बयानबाट दोषी देखिएका १८ जना फरार देखिएको उनीहरुको खोजी भइरहेको बरालले जानकारी दिनुभयो ।  

पक्राउ परेकाहरुको साथबाट एक थान गाडी, दुई थान मोटरसाइकल, पत्रिका काटेर पैसा जस्तो बनाएको २३ बण्डल, रु ४१ लाख बराबरको बैंक भौचर ६ थान बरामद गरिएको सो अवसरमा जानकारी दिइयो । बरालले पक्राउ परेकामध्ये रणकुमाल भन्ने जीतबहादुर कुमाल पाँच पटक, काले र अशोक गुरुङ भन्ने सुकबहादुर गुरुङ दुई पटक, तारा चेपाङ भन्ने वीरमान सिंह प्रजा तीन पटक गैँडा मार्ने कार्यमा संलग्न रहेको र निजहरु लामो समयदेखि पटकपटक गैँडा मारी खागको चोरी निकासी गर्ने कार्यमा संलग्न रहेको खुल्नआएको जानकारी दिनुभयो ।

 कुमाल विसं २०६९ फागुन ९ गते पक्राउ परी गत जेठ १० गते जिल्ला कारागार चितवनबाट मुक्त भएका थिए । निज गैँडा तस्करीको फैसलासँगै कारागार जीवन बिताएका थिए । छुट्नासाथ तस्करीमा संलग्न भएको पाइएको छ । 

सो अवसरमा दिइएको जानकारी अनुसार उनीहरुलाई पुस ३ गते यता विभिन्न मिति र स्थानबाट पक्राउ गरिएको हो । पक्राउ परेकालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम कारवाहीका लागि आजै जिल्ला अदालत नवलपुरमा पेश गरिने बरालले जानकारी दिनुभयो । उहाँले पक्राउ परेकाहरु तस्करीका पाँचौं तहसम्मका रहेको बताउनुभयो । 

पत्रकार सम्मेलनमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक  राजकुमार राईले विगतमा सुन, रक्तचन्दन र गाँजा तस्करीमा लागेका अहिले खाग तस्करीमा लागेको बताउनुभयो । उहाँले विदेशमा रहेकालाईसमेत बोलाएर तस्करीमा लगाएको पाइएको जानकारी दिनुभयो । 

निकुञ्ज सुरक्षार्थ खटिएको बटुक दल गणका गणपति अरुण श्रेष्ठले ठूलो सङ्ख्यामा अवैध कार्यमा संलग्नहरु पक्राउ परेको भन्दै चोरी शिकारी नियन्त्रणमा ठूलो सफलता मिलेको बताउनुभयो । निकुञ्जको बाँदरझुला आइल्याण्ड क्षेत्रमा शिकारीले गत भदौ १७ गते २५ देखि ३० वर्षको भाले गैँडालाई गोली हानेर मारेका थिए । उनीहरुले त्यसको खाग र खुर भने लैजान पाएका थिएनन् । कात्तिक १९ गते नारायणी नदीको टापु मर्दी घोलमा गैँडाको माउ र बच्चा मृत भेटिएका थिए । २०÷२२ वर्षकी पोथी गैँडा र तीन वर्षको बच्चा गोली लागेर मरेका थिए । तिनीहरुको शिकारीले खाग लगिसकेका थिए । त्यस्तै, कात्तिक २१ गते  गैँडाको कङ्काल भेटिएको थियो । निकुञ्जको पश्चिमी क्षेत्र भुसहरघाट नजिकै भेटिएको उक्त गैँडा पनि शिकारीबाट मारिएको खुल्न आएको थियो ।  केही वर्षयता शून्य चोरी शिकार भए पनि एकाएक तस्करले गैँडा मार्न थालेपछि निकुञ्ज सुरक्षामा फरक रणनीति अपनाएर तस्करीको खोज तलासमा व्यापकता दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल