२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा ‘भूकम्प स्मारक स्तम्भ’ निर्माण

३० माघ २०७७, शुक्रबार ०६:३०

माघ ३०, नुवाकोट । नुवाकोट उद्योग वाणिज्य सङ्घले विदुर नगरपालिका–२ स्थित वनदेवी मन्दिर परिसरमा निर्माण गरेको ‘भूकम्प स्मारक स्तम्भ’को उद्घाटन गरिएको छ । विसं २०७२ वैशाख १२ को भूकम्पको कम्पन र त्यसको परकम्पनबाट नुवाकोटमा ज्यान गुमाएका व्यक्तिको स्मृतिमा स्मारकको नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बिहीबार उद्घाटन गर्दै भूकम्पको कारण नभई मानवीय कमजोर संरचनाको कारण जनधनको क्षति पुग्ने भएकाले भूकम्पपछिको पुनःनिर्माण तथा अब बन्ने संरचना मापदण्डअनुसार विपद् प्रतिरोधि बनाउन आग्रह गर्नुभयो ।

“भूकम्पपछिको पुनःनिर्माणमा केही लापर्बाही भएको तथा पुनःनिर्माणपश्चात् घरलाई पुनः कोठा र तला थपेर जोखिम बनाइएको छ ।” उहाँले भन्नुभयो, “आफ्नो ज्यान र सम्पत्तिको सुरक्षाका लागी लापरबाही नभई सजगता अपनाउनुपर्छ ।” स्मारक स्तम्भ निर्माणको लागि आर्थिक सहयोग उपलब्ध गराएको कार्यक्रममा गोयन्का गु्रपका व्यवस्थापक अजय गोयन्काले व्यवसायका साथसाथै सामाजिक उत्तरदायित्व बहनको क्रममा भूकम्पमा परेर ज्यान गुमाएका व्यक्तिको स्मृतिमा स्मारक निर्माण गरेर सहयोग पु¥याएको बताउनुभयो ।

दुई वर्षअघि शिलान्यास गरिएको सो स्तम्भ गोयन्का गु्रपको रु १० लाख लगानीमा निर्माण सम्पन्न गरिएको हो । स्तम्भ निर्माणको समन्वय तथा जिम्मेवारी बहन गरेको नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले व्यवसायी नाफाको लागि मात्र नभई सामाजिक उत्तरदायित्व, मानवीय पीडाको समयमा सहयोगीको रुपमा सहानुभूति समेत राख्न सकिने सन्देश दिएको बताउनुभयो । भूकम्पमा परेर नुवाकोटमा एक हजार ११२ ले ज्यान गुमाएका थिए भने एक हजार ५० घाइते भएका थिए । असी हजारभन्दा बढी निजी आवाससहित जिल्लाका सबै (४५३ वटा) विद्यालय, स्वास्थ्य संस्था, सरकारी तथा सामुदायिक भवनमा क्षति पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान