२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कञ्चनपुर उन्नत उखुखेतीबारे किसानलाई जानकारी

२०७७, ३० माघ शुक्रबार ०८:३०

माघ ३०, कञ्चनपुर । कञ्चनपुरका किसानलाई आधुनिक प्रविधिको प्रयोग गरी उखुखेती गर्ने तौरतरिका सिकाउन थालिएको छ । भारतीय उखु विज्ञद्वारा आधुनिक तरिका सिकाइएको हो । उखु उत्पादक किसान हकहित संरक्षण समिति, महाकाली सुगर इन्डष्ट्रिज प्राइभेट लिमिटेड र नेपाल रेडक्रस सोसाइटीले मर्सिकोरको सहयोगमा सञ्चालन गरेको एमरेड परियोजनाको संयुक्त साझेदारीमा उन्नत उखुखेतीबारे किसानलाई जानकारी दिने शुरु भएको छ । 

भारतको उत्तर प्रदेशको शाहजहाँपुरस्थित उखु अनुसन्धान केन्द्रका डा बिआरएस चौहान, डा एसके शुक्लालगायतको टोलीले किसानलाई उखु रोप्नेदेखि काटनेसम्मको तरिका सिकाउने कार्य गरिरहेको महाकाली सुगर इन्डष्ट्रिजका व्यवस्थापक सिडी पाण्डेयले जानकारी दिनुभयो । 

“भारतीय विज्ञको घुम्ती टोली परिचालन गरी किसानलाई उखुको उत्पादन बढाउनका लागि जानकारी दिने कार्य गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “खेत तयार गर्ने, उखुको बीउ तयार गर्ने, रोप्ने, मलखाद, सिँचाइलगायतको व्यवस्था गर्नेलगायतका कार्य विज्ञले सिकाउने गरी रहेका छन् ।”

त्यससँगै रोग किरा पहिचान गर्ने र निदान गर्ने तरिकासमेत सिकाउने कार्य भइरहेको उहाँले बताउनुभयो । हावाहुरीबाट उखुलाई बचाउनका लागि बोटलाई कसरी बाध्ने र काट्दा ध्यान पु¥याउनुपर्ने कुरासमेत विज्ञहरुले किसानलाई जानकारी दिँदै आएका छन् ।

उखुखेतीमा भारतमा प्रयोग भइरहेको प्रविधिको प्रयोग र उखुका बढी उत्पादन दिने जात पहिचान गरी उखुको उत्पादनमा बढोत्तरी गर्नका घुम्ती तालीम उपयोगी हुने एमरेड परियोजनाका कञ्चनपुरका प्रमुख महेश घिमिरेले बताउनुभयो । 

उहाँका अनुसार हालसम्म बेलडाँडी, बेलौरी र लालझाडीका किसानलाई भारतीय विज्ञको टोलीले एकदिने उन्नत उखुखेतीबारे तालीम दिएका छन् । उखुखेती हुने अन्य ठाउँका किसानलाई समेत तालीम दिइने उहाँले बताउनुभयो । जिल्लामा रहेका दुई वटा सुगर इन्डष्ट्रिजलाई उखुको अभाव रहेको छ । उखुको अभावमा  इन्डष्ट्रिज पूर्ण क्षमताका साथ चल्न सकेका छैनन् ।

किसानलाई उन्नत जातका उखुखेती गरी उत्पादन बढाउनका लागि पाँच वटा ‘टि’ बारेमा समेत जानकारी दिने कार्य भइरहेको छ । पाँच ‘टि’ मा समयमा उखु रोप्ने, ट्राइकोड्रमा विषादीको प्रयोग गर्ने, ट्रेञ्च प्रविधिमा उखु रोप्ने, उखुको बीउ उपचार गर्ने, उखुको टुप्पोतिरको भागलाई बीउका रुपमा प्रयोग गर्ने रहेका छन । पाँच ‘टि’लाई ध्यान दिए मात्रै उखुको उत्पादन बढाउन सकिने उखु विज्ञको भनाइ रहेको छ । 

उखु उत्पादक किसान हकहित संरक्षण समितिका सचिव चेतन राई पुरानो प्रविधिले उखुको उत्पादनलाई बढाउन नसकिने भएकाले नयाँ प्रविधिको प्रयोग उखुखेतीमा गर्नुपर्ने बताउनुहुन्छ । “नयाँ प्रविधिबारे जानकारी लिनकै लागि विज्ञको टोलीलाई बोलाएका छौँ”, उहाँले भन्नुभयो, “पुरानो प्रविधिबाट नयाँ प्रविधिमा उखु किसान रुपान्तरण हँुदै आए पनि अझै नयाँ प्रविधिको प्रयोग र उखुको उत्पादनलाई कसरी बढाउन सकिन्छ भन्नेबारे चिन्तन मनन् गर्नका लागि भारतीय विज्ञ टोलीलाई पहिलो पटक डाँकेका हौँ ।”

जिल्लामा उखुको उत्पादन ४० लाख क्विन्टल हुँदै आएको छ । सञ्चालन हुँदै आएका सुगर इन्डष्ट्रिजलाई ६० लाख क्विन्टल उखु आवश्यक छ । उखुको उत्पादन बढाउने कार्यसँगै क्षेत्रफल विस्तार गरिए मात्रै सुगर इन्डष्ट्रिजलाई आवश्यक उखु आपूर्ति गर्न सकिने सचिव राईको भनाइ रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित