२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथरको सदरमुकाम फिदिममा एकैसाथ तीन आयोजनाको शिलान्यास

२०७७, १ फाल्गुन शनिबार ०८:४१

फागुन १, पाँचथर (रासस) । पाँचथरको सदरमुकाम फिदिममा आज एकैसाथ तीनवटा आयोजनाको शिलान्यास गरिएको छ । फिदिम बजारभित्र निर्माण हुन लागेको फिदिम रङ्गशाला, बजारभित्रका सडकको कालोपत्र तथा फिदिम माध्यमिक विद्यालयको १२ कोठे भवनको आज आयोजित कार्यक्रममा शिलान्यास गरिएको हो । 

सङ्घीय सरकारबाट स्वीकृत कार्यक्रमअनुसार निर्माण शुरु भएका आयोजनाको भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले शिलान्यास गर्नुभयो । फिदिम बजारभित्र रहेको फिदिम खेल मैदानलाई रङ्गशालाका रूपमा विकास गर्ने कार्यको मन्त्री नेम्वाङले शिलान्यास गर्नुभयो । 

राष्ट्रिय खेलकूद परिषद्का इञ्जिनीयर राजेश श्रेष्ठका अनुसार रु १५ लाख ६६ हजार कूल लागत रहेको रङ्गशाला निर्माणको ठेक्का पिएस–किरातेश्वर–मैनाचुली जेभीले रु. १० करोड ६३ लाख ७५ हजारमा लिएको हो । गत माघ २५ गते भएको सम्झौताअनुसार रङ्गशाला आगामी १७ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

रङ्गशालामा प्यारापिट ब्लक, प्रशासकीय भवन, ९३ मिटरमा व्यावसायिक सटर र  शौचालयसमेत निर्माण हुनेछ । रङ्गशाला शिलान्यास कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकूद परिषद् सदस्य एवं नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्काले नेपाली झण्डा विश्वमा फहराउने कार्यका लागि यो शिलान्यास उद्गम कार्य भएको बताउनुभयो । उहाँले खेलकूद क्षेत्रमा सरकारी लगानी अझै बढ्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै फिदिममा नयाँ शहर आयोजना कार्यालयबाट बजारभित्रका मुख्य सडकको कालोपत्र गर्ने कार्यको शिलान्यास गरिएको हो । सो कार्यालयबाट सञ्चालन हुने योजनाअनुसार रु चार करोड १८ लाख कूल लागतमा फिदिम बजारभित्रका मुख्य सडकहरुको कालोपत्र तथा स्तरोन्नति हुन लागेको हो । आगामी छ महिनाभित्र बजारभित्रका मुख्य सडकको कालोपत्रको ठेक्का रु तीन करोड पाँच लाख ८६ हजारमा भइसकेको नयाँ शहर आयोजना कार्यालयका प्रमुख विश्वराम प्रजापतिले जानकारी दिनुभयो ।

यस्तै झण्डै दुई हजार २०० विद्यार्थी अध्ययनरत फिदिम माध्यमिक विद्यालयमा अत्याधुनिक १२ कोठे भवन निर्माण कार्यको शिलान्यास गरिएको हो । रु ती करोड पाँच लाख कूल लागत रहेको भवन निर्माणको ठेक्का अधिकारी–खनाल जेभीले रु दुई करोड तीन लाखमा प्राप्त गरेको हो ।

नमूना विद्यालय निर्माण कार्यक्रमअन्तर्गत यस विद्यालयमा सूचना सञ्चार–प्रविधि प्रयोगशालासहितका संरचना निर्माण भइरहेको विद्यालयका प्रधानाध्यापक विनोदकुमार ठाकुरले जानकारी दिनुभयो । सो भवन एक वर्षभित्र निर्माण पूरा गर्ने सम्झौता भएको निर्माण कम्पनीका प्रतिनिधि दिननाथ अघिकारीले बताउनुभयो ।

तीनवटै आयोजनाको शिलान्यास समारोहमा बोल्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेम्वाङले पूर्वाधार विकास र जनतालाई सहज सेवा दिने कार्य कुनै पनि बाहनामा रोकिन नहुने बताउनुभयो । फिदिम खेल मैदानलाई रङ्गशालाका रूपमा विकास गर्ने कार्य आफ्नो ‘ड्रिम प्रोजेक्ट’ रहेको बताउँदै मन्त्री नेम्वाङले आफैँले रङ्गशालाको शिलान्यास गर्न पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले पूर्वाधार निर्माण कार्यलाई घोषित निर्वाचनले कुनै असर नगर्ने बताउनुभयो । 

सबै आयोजना समयमै निर्माण सम्पन्न गर्न आग्रह गर्दै मन्त्री नेम्वाङले विकास निर्माणको अभियानबाट कोही बिचलित हुन वा आत्तिन नहुने बताउनुभयो । “पूर्वाधार विकासको गति अगाडि बढ्दा केही मान्छेलाई छटपटी भएको छ”, मन्त्री नेम्वाङले भन्नुभयो, “जनता खुशी भएपछि नेता कार्यकर्ता पनि दलीय सोचबाट माथि उठेर खुशी हुनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल