२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

बाह्रवर्षे मकर मेला : त्रिवेणीघाट र आसपासका खोला सरसफाइ

२०७७, २ फाल्गुन आईतवार १०:१६

फागुन २, बनेपा । दैनिकरुपमा घर तथा सार्वजनिकस्थलमा उचित व्यवस्थापन गर्न नसक्दा वर्षांैदेखि बढ्दै गएको फोहरका कारण अस्तब्यस्त बन्दै गएको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ७ स्थित ऐतिहासिक तथा धार्मिकस्थल त्रिवेणीघाट र आसपासका रोशी खोला तथा पुण्यमाता खोलाको सरसफाइ थालनी गरिएको छ ।

पनौतीमा रहेको ऐतिहासिक तथा धार्मिकस्थल त्रिवेणीघाट र गोरखनाथमा बाह्र वर्षमा लाग्ने मकर मेलालाई लक्षित गरी यहाँ आउने श्रद्धालु भक्तजन र आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि नागरिक अभियानकर्मीले नगरपालिका र वडा नं ७ कार्यालयको समन्वयमा सरसफाइ अभियानको थालनी गरेका हुन् ।

सोही मेलालाई लक्षित गरी अहिलेदेखि नै नगरपालिकाभित्र रहेका विभिन्न सङ्घसंस्था, नागरिक समाजको अगुवाइ तथा स्थानीय बासिन्दाले ‘पनौती त्रिवेणी सरसफाइ नागरिक अभियान’ कार्यक्रमको शुभारम्भ गरेका हुन् । सो कार्यक्रममा वाग्मती सरसफाइ अभियानर्की किशोरसिं शाहीले वाग्मती नदीमा सरसफाइ अभियान थालनी गर्दा पनि निकै कठिनका साथ गरेर अहिले यो स्थितिमा आइपुगेको उल्लेख गर्दै शुरुमा थालनी गर्दा आत्तिन नहुने बताउनुभयो । 

पनौतीका नगर प्रमुख भीम न्यौपानेले आफ्नो बासस्थान र कार्यस्थान वरिपरि सदैव सफा राख्छु भन्ने प्रतिबद्धता व्यक्त गर्न लगाउँदै अभियानमा सहभागी हुन सबैलाई आग्रह गर्नुभयो । पुण्यमातामा आफूहरुले फोहर गरेको भए पनि त्यसको शिरबाट नै फोहर गरेर पठाउने भएको हुनाले त्यसको रोकावटको निमित्त बनेपा नगरपालिकासँग कुरा भइरहेको प्रमुख न्यौपानेले बताउनुभयो ।

आगामी २०७८ सालमा सो मेला लाग्ने छ । त्रिवेणीघाटमा नुहाई त्यहाँको जल उत्तरपट्टी रहेको अग्लो डाँडामा अवस्थित गोरखनाथलाई अर्पण गर्नाले ठूलो पुण्य मिल्ने जनविश्वास रहेको पाइन्छ । राजा प्रताप मल्लले विसं १७२७ मा रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्दा पनौती त्रिवेणीघाटको जल ल्याइराखेको कुरा यहाँस्थित शिलालेखमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु