४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

बाह्रवर्षे मकर मेला : त्रिवेणीघाट र आसपासका खोला सरसफाइ

२ फाल्गुन २०७७, आईतवार १०:१६

फागुन २, बनेपा । दैनिकरुपमा घर तथा सार्वजनिकस्थलमा उचित व्यवस्थापन गर्न नसक्दा वर्षांैदेखि बढ्दै गएको फोहरका कारण अस्तब्यस्त बन्दै गएको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ७ स्थित ऐतिहासिक तथा धार्मिकस्थल त्रिवेणीघाट र आसपासका रोशी खोला तथा पुण्यमाता खोलाको सरसफाइ थालनी गरिएको छ ।

पनौतीमा रहेको ऐतिहासिक तथा धार्मिकस्थल त्रिवेणीघाट र गोरखनाथमा बाह्र वर्षमा लाग्ने मकर मेलालाई लक्षित गरी यहाँ आउने श्रद्धालु भक्तजन र आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि नागरिक अभियानकर्मीले नगरपालिका र वडा नं ७ कार्यालयको समन्वयमा सरसफाइ अभियानको थालनी गरेका हुन् ।

सोही मेलालाई लक्षित गरी अहिलेदेखि नै नगरपालिकाभित्र रहेका विभिन्न सङ्घसंस्था, नागरिक समाजको अगुवाइ तथा स्थानीय बासिन्दाले ‘पनौती त्रिवेणी सरसफाइ नागरिक अभियान’ कार्यक्रमको शुभारम्भ गरेका हुन् । सो कार्यक्रममा वाग्मती सरसफाइ अभियानर्की किशोरसिं शाहीले वाग्मती नदीमा सरसफाइ अभियान थालनी गर्दा पनि निकै कठिनका साथ गरेर अहिले यो स्थितिमा आइपुगेको उल्लेख गर्दै शुरुमा थालनी गर्दा आत्तिन नहुने बताउनुभयो । 

पनौतीका नगर प्रमुख भीम न्यौपानेले आफ्नो बासस्थान र कार्यस्थान वरिपरि सदैव सफा राख्छु भन्ने प्रतिबद्धता व्यक्त गर्न लगाउँदै अभियानमा सहभागी हुन सबैलाई आग्रह गर्नुभयो । पुण्यमातामा आफूहरुले फोहर गरेको भए पनि त्यसको शिरबाट नै फोहर गरेर पठाउने भएको हुनाले त्यसको रोकावटको निमित्त बनेपा नगरपालिकासँग कुरा भइरहेको प्रमुख न्यौपानेले बताउनुभयो ।

आगामी २०७८ सालमा सो मेला लाग्ने छ । त्रिवेणीघाटमा नुहाई त्यहाँको जल उत्तरपट्टी रहेको अग्लो डाँडामा अवस्थित गोरखनाथलाई अर्पण गर्नाले ठूलो पुण्य मिल्ने जनविश्वास रहेको पाइन्छ । राजा प्रताप मल्लले विसं १७२७ मा रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्दा पनौती त्रिवेणीघाटको जल ल्याइराखेको कुरा यहाँस्थित शिलालेखमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ