२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा १ सय भन्दा बढिले लगाए कोभिसिल्डको खोप

२०७७, ४ फाल्गुन मंगलवार १०:५२

दान बहादुर बुढा । फागुन ४, मुगु । हिमाली जिल्ला मुगु लगाएत देशै भरपहिलो चरण अन्तर्गत दोस्रो चरणमा प्राथमिकतामा रहेका नागरिकलाई कोभिड १९ विरुद्धको खोप लगाउर्ने क्रममा मुगु जिल्लामा पनि १सय जना भन्दा बढीले खोप लगाई सकेका छन । 

लक्षित समूह अन्तर्गत पहिलो चरणको दोस्रो प्राथमिकतामा रहेका नागरिकलाई फालगुन २ देखि ६ गते सम्म खोप अभियान सञ्चालन भई रहेको छ । मुगुमा पनि कोभिड १९ विरुद्धको खोप अभियान सञ्चालन भईरहेको जिल्ला अस्पताल मुगुले जानकारी दिएको छ ।  

जिल्ला भरबाट पहिलो प्राथमिकतामा रहेका लाई आज १ सय २० जना लाई कोरोना विरुद्धको कोभिसिल्ड खोप लगाईएको छ भर्ने  सोरु गाउपालिकाको सोरुकोटमा ४० र जिल्ला अस्पतालमा ८० गरि मात्र १  सय २० जना लाई खोप लगाईएको जिल्ला अस्पताल मुगुका निमित्त कार्यालय  प्रमुख ज्ञान सिहं बुढाले जानकारी दिए ।       

उनका अनुसार सोमवार लगाईएका खोपमा यहाका सुरक्षाकर्मी ,  नगरपालिकाका कर्मचारी लगायत अन्य नागरिक लाई पनि खोप लगाईएको हो । जिल्लाका चार वटै स्थानीय तहका पाएक पर्ने ठाउँमा खोप केन्द्र स्थापना गरी कोभिड(१९ विरुद्धको खोप अभियान सञ्चालन गरिएको छ । जिल्ला अस्पताल मुगुका निमित्त कार्यालय प्रमुख बुढाका अनुसार जिल्ला अस्पताल ठिनि , छाईल , पुलु , सोरुकोट , र खत्याडका स्वास्थ्य चौकि बाट ओप अभियान सञ्चालन गरिएको छ । 

साथै फागुन ४ गते मुगुम कार्मारोगं गाउपालिकाको छाईल र ५ गते पुलुमा खोप सञ्चालन गरिने पनि अवगत गराए । जिल्लाको दक्षिणी भेगमा पर्ने खत्याड गाउपालिकाको लागि ६० डोज खोप प्राप्त भएको स्वास्थ्य शाखाका हरि बुढाले बताए । उनका अनुसार गाउपालिकाको लागि यति मात्र डोज आयो यति थोरै खोपले गाउपालिका लाई अपुग भएको र यदि जिल्ला अस्पताल पुन दोश्रो चरणमा वितरण गर्यो भने बाँकि रहेका लाई खोप लगाईने जानकारी दिए । 

पत्रकारले लगाउन दिए नागरिकलाई कोरोनाको खोप

कोरोना भाइरस कोभिड १९ बारे अग्रपंक्तिमा रहेर समाचार संकलन गर्ने मुगु जिल्लामा कार्यरत पत्रकारलाई नेपाल सरकारले सम्झेर दोर्सो चरणमा खोप लगाउने अवसर दिएकोमा नेपाल सरकार प्रती आभार व्यक्त गर्दे , 

फण्टलाइनमा हामी खटिए पनि हामी भन्दा उच्च जोखिममा जेष्ट नागरिक , बालबालिका , महिला तथा ज्यालादारीमा जीवन निर्वाह गर्ने नागरिकहरु रहेकाले सरकारले हामी पत्रकार भन्दा जोखिममा रहेका ती समुहलाइ कोरोना विरुद्धको खोप लगाउन स्थान देओस भन्दै मुगु जिल्लामा रहेका सबै पत्रकारहरुको  सल्लाहमा २०७७ फाल्गुन ३ गते जिल्ला अस्पताल मुगुमा पत्रकारहरुलाइ  लगाइने कोरोना विरुद्धको खोप नलगाउने निर्णय गरिएको नेपाल पत्रकार महासंघ मुगु शाखाका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले जानकारी गराए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु