फागुन ५, काठमाडौँ । बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्या आरोपित किशोरलाई प्रहरीले सार्वजनिक गरेको छ । बुधबार जिल्ला प्रहरी कार्यालय बैतडीमा प्रहरीले पत्रकार सम्मेलन गर्दै भागरथी भट्टका बलात्कार तथा हत्या अभियुक्त सार्वजनिक गरेको हो ।
दोगडाकेदार गाउँपालिका-७ का भागरथी भट्ट पढ्ने सनातन धर्म माध्यमिक विद्यालयकै कक्षा ११ अध्ययनरत दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले ती किशोरले हत्या गर्न भागरथीलाई अगाडि नै लवलेक जंगलमा कुरेर बसेको बताए ।
भागरथी भट्ट गत माघ २१ गते विद्यालयबाट फर्किने बेला बेपत्ता भएकी थिइन् । उनी भोलीपल्ट माघ २२ गते स्थानीय लवलेक सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन् ।