२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

ज्यान मुद्दाका अभियुक्त पक्राउ

२०७७, ६ फाल्गुन बिहीबार ११:५०

फागुन ६, चितवन। जिल्ला प्रहरी कार्यालयले कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–८ घर भई भरतपुर महानगरपालिका–९ भाडामा बस्ने ३५ वर्षीया शोभा विक छन् । 

उनलाई प्रहरीले यही फागुन २ गते पक्राउ गरी आज सार्वजनिक गरेको हो । कार्यालयले यहाँ पत्रकार सम्मेलनको आयोजना गरी विकलाई सार्वजनिक गरेको हो । विकले विसं २०७७ असोज ७ गते भरतपुर–९ शरदपुर बस्ने ७४ वर्षीय बाबाहजुर थापाको हत्या गरेको प्रहरीले जनाएको छ । 

विकले थापाको हत्या तथा लुटपाटका क्रममा गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिनुभयो । घटनास्थलबाट मोबाइल, गरगहनासमेत लुटेर लगेको विकले स्वीकारेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु