२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शेर्पाको स्मृतिमा गल्फ प्रतियोगिता हुने

२०७७, १५ फाल्गुन शनिबार ०५:३४

फागुन १५, काठमाडौँ | हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका यती समूहका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको दोस्रो वार्षिक स्मृतिमा आगामी फागुन २१ र २२ गते गल्फ प्रतियोगिता हुने भएको छ । 

यती एअरलायन्सको आयोजनामा गोकर्ण फरेस्ट रिसोर्टमा दुईदिने प्रतियोगिता हुन लागेको हो । यती समूहका संस्थापक एवम् वरिष्ठ पर्यटन व्यवसायी स्व शेर्पाको दोस्रोे स्मृतिमा हुन लागेको उक्त प्रतियोगितामा देशभरका १५० खेलाडीले भाग लिने एअरलायन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । 

“पर्यटन व्यवसायी स्व शेर्पाले नेपालमा गल्फमार्फत पर्यटन क्षेत्रमा गरेको थालनी, लगानी र योगदानलाई स्मरण गर्दै उक्त प्रतियोगिता आयोजना गर्न लागेका हौँ”, प्रवक्ता बर्तौैलाले भन्नुभयो । यती एअरलाइन्सले आगामी वर्षमा उक्त प्रतियोगितालाई थप बृहत् र व्यवस्थित बनाउँदै नेपालको सुदरपश्चिमदेखि पूर्वसम्मका ऐतिहासिक एवं पर्यटकीयस्थलमा प्रतियोगिता गर्दै लैजाने योजना लिएको छ । 

उक्त प्रतियोगितामा रजिष्टे«शन शुल्कमार्फत सङ्कलन भएको रकम सोही समयमै गैरनाफामुखी एवं समाजसेवा गरिरहेको संस्थालाई हस्तान्तरण गरिने एअरलायन्सले घोषणा गरेको छ । प्रतियोगितामा विजेता र रनरअप, उत्कृष्ट ग्रस र रनरअप, महिलातर्फको विजेता र रनरअप, भेट्रान तर्फका बिजेता, जुनियरतर्फका विजेता, लङ्गेस्ट ड्राइभ, उत्कृष्ट बडिज र क्लोजेष्ट टु पिन गरी मुख्य ११ वटा विधामा पुरस्कारको व्यवस्था गरिएको छ । 

प्रतियोगिताको मुख्य विजेताले ट्रफीका साथै रु पाँच लाख धनराशी बराबरको ट्राभल प्याकेज जित्नेछ । अन्य विजेताले यती गु्रपकै सञ्चालमा रहेका कम्पनी तथा रिसोर्टले प्रायोजन गरेको विशेष ट्राभल प्याकेज प्राप्त गर्नेछन् । यती समूहका प्रबन्ध निर्देशक शेर्पाको २०७५ फागुन १५ मा ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेर निधन भएको थियो । 

रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ