ज्ञानेन्द्र न्यौपाने/साउन २२, रसुवा । आगामी भदौ २ गते हुने पवित्र तीर्थस्थल गोसाइँकुण्ड मेला भर्न आउने तीर्थालुका लागि सेवा सुविधा प्रदान गर्न व्यावसायिक क्षेत्रमा चहलपहल सुरु भएको छ । 

स्याफ्रु–६, चन्दनबारीका होटल व्यवसायी पासाङग्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ज्ञानेन्द्र न्यौपाने/साउन २२, रसुवा । आगामी भदौ २ गते हुने पवित्र तीर्थस्थल गोसाइँकुण्ड मेला भर्न आउने तीर्थालुका लागि सेवा सुविधा प्रदान गर्न व्यावसायिक क्षेत्रमा चहलपहल सुरु भएको छ । 

स्याफ्रु–६, चन्दनबारीका होटल व्यवसायी पासाङग्य"/>

2026-06-25 04:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोसाइँकुण्ड मेलाको चहलपहलमा बढ्दै

2016-08-06

ज्ञानेन्द्र न्यौपाने/साउन २२, रसुवा । आगामी भदौ २ गते हुने पवित्र तीर्थस्थल गोसाइँकुण्ड मेला भर्न आउने तीर्थालुका लागि सेवा सुविधा प्रदान गर्न व्यावसायिक क्षेत्रमा चहलपहल सुरु भएको छ । 

स्याफ्रु–६, चन्दनबारीका होटल व्यवसायी पासाङग्युर्मी तामाङका अनुसार यात्रुका लागि खाजा र खाना तयार गर्न ठाउँ ठाउँमा अस्थायी चिया पसल र होटेल समेत खोलिएको छ । चाउचाउ, बिस्कुट, फ्रुटी, पानी र भोजनका लागि आवश्यक पर्ने दाल, चामल, नुन, तेल लगायत सामग्री व्यवसायीले भरिया मार्फत ढुवानी गरिसकेका कारण गोसाइँकुण्ड धार्मिक मार्गको खन्ती उकालोदेखि कुण्डसम्म चहलपहल बढेको हो । 

सत्ययुगमा देव र दानवबाट समुद्र मन्थन हुँदा निस्केको कालकूट विष निली डाहमा परेका शिव उत्तरापन्थ लाग्दा नीलाद्रि पर्वतमा त्रिशूलले रोपेर जल उत्पन्न गरी त्यहीँ शयन गरी डाह शान्त गरेका कारण हिन्दू र बौद्ध दुवै धर्मावलम्बी मनोकाङ्क्षा पूरा हुने विश्वासले दशहरा र जनैपूर्णिमाका दिन गोसाइँकुण्डमा तीर्थ भर्न आउँछन् । 

गोसाइँकुण्ड जाने यात्रुलाई सहजताका लागि धुन्चेको तिवारी बगरमाथिको उकालो र जोखिम भिरको बाटो बदल्दै लाङटाङ राष्ट्रिय निकुञ्जको संरक्षणमा सहकार्य गर्दैआएको मध्यवर्ती क्षेत्र सहयोग आयोजनाले रु नौ लाखको लागतमा नदी किनारबाट ग्याबिन पर्खाल लगाई नयाँ बाटो निर्माण गरिदिएको छ । यसबाट हिँड्न अत्यन्तै सजिलो भएको गोसाइँकुण्ड मार्ग होटल व्यवस्थापन समितिका अध्यक्ष तेन्जेन तामाङले बताउनुभयो । 

विगत वर्षमा पहिराका कारण रोकिने मूलखर्क क्षेत्रको सडक व्यवस्थापन गर्न तीन डोजर तैनाथ गरिएकाले नेपाल–चीन केरुङ व्यापारका रुपमा स्थापित भइसकेको पासाङल्हामु राजमार्गमा ठूलै पहिरो चले पनि एक÷दुई घन्टाभन्दा बढी नरोकिने सडक डिभिजन कार्यालयले जनाएको छ । 

भूकम्पपछि क्षतिग्रस्त भएका होटलहरुकामे मर्मत भइसकेको छ । थप बासस्थानका लागि अस्थायी छाप्रा बनाउने काम पनि सुरु भएको छ । गाउँ गाउँका व्यवसायी धार्मिक मार्गमा केन्द्रित भएका कारण मेलाको आकर्षण बढ्न थालेको चन्दनबारीका अर्का व्यवसायी सुब्बा लामाले बताउनुभयो । 

उकालो हिँड्न नसक्ने यात्रुका लागि घोडाको समेत व्यवस्था छ । 

यस्तै धार्मिक क्षेत्रको वनसम्पदा संरक्षणका लागि लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयले लठ्ठी खोज्ने निहुँमा वनवनस्पति नमास्न आग्रह गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक