२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैङ्क तथा वित्तीय संस्थाको कर्जा प्रवाह ह्वात्तै बढ्यो

२०७७, १८ फाल्गुन मंगलवार ०२:०१

फागुन १८, काठमाडौं । पछिल्लो समय अर्थतन्त्र चलायमान भएर सकारात्मक  परिसूचक  देखापर्दै  गर्दा  बैङ्क  तथा  वित्तीय  संस्थाको कर्जा प्रवाह ह्वात्तै बढ्न थालेको छ । पछिल्लो  एक  सातामा  वाणिज्य  बैङ्कहरूको  कर्जा  लगानी २७   अर्ब   रुपियाँ   पुगेको   छ ।   

नेपाल   बैङ्कर्स   एसोसिएसनको तथ्याङ्कअनुसार फागुन ७ देखि १४ सम्मको अवधिमा २७ वाणिज्य बैङ्कले २७ अर्ब रुपियाँ कर्जा लगानी गरेका हुन् । कोरोना  महामारीका  बेला  लगाइएको  बन्दाबन्दी  हटाइएयता अर्थतन्त्रले  सकारात्मक  सूचक  देखाउन  थालेको  हा ।  

निर्यातमा बढोत्तरी, महँगीमा कमी र विपे्रषणमा वृद्धिलगायतले अर्थतन्त्र सुधारको दिशामा जान थालेपछि बैङ्कहरूको व्यवसाय विस्तार पुरानै अवस्थामा आएको हो। कर्जा  लगानी  बढे  पनि  सोही  अवधिमा  निक्षेप सङ्कलनको  वृद्धिद्  भने  कम  देखिएको  छ ।  एक साताको  सोही  अवधिमा  बैङ्किङ  प्रणालीमा  ११  अर्ब रुपियाँ निक्षेप थपिएको छ ।

समग्रमा  फागुन  १४  सम्ममा वाणिज्य  बैङ्कहरूले  ३८  खर्ब नौ  अर्ब  रुपियाँ  निक्षेप  सङ्कलन गरेका  छन्  भने  ३३  खर्ब  ६२  अर्ब रुपियाँ  कर्जा  लगानी  गरेका  छन् ।  नेपाल राष्ट्र बैङ्कका अनुसार सोमबारसम्म बैङ्किङ   प्रणालीमा   ७१   अर्ब   रुपियाँ तरलता रहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ