१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हरिपुरका सबै वडाबाट स्वास्थ्य सेवा

१९ फाल्गुन २०७७, बुधबार ०६:५८

फागुन १९, सर्लाही । स्मार्ट सिटीका रुपमा अगाडि बढ्दै गरेको सर्लाही हरिपुर नगरपालिकाले नगरका नौवटै वडामा आधारभूत स्वास्थ्य सेवा विस्तार गरेको छ । नगरवासीलाई आधारभूत स्वास्थ्यको पहुँच गाउँगाउँमा नै पु¥याउने उद्देश्यले सङ्घीय सरकार र नगरपालिकाको साझेदारीमा भवनसहित स्वास्थ्यकर्मीको व्यवस्था गरिएको नगरप्रमुख जमरुद्दिन मन्सुरले बताउनुभयो । 

“नगरपालिकाका केही वडाहरूमा पुरानै स्वास्थ्य संस्था रहे पनि  वडा नं ४, ५, ६ र ७ गरी चारवटा वडा स्वास्थ्य संस्थाविहीन थिए”, नगरप्रमुख मन्सुरले भन्नुभयो । स्वास्थ्य संस्था नभएका वडाहरूमा भवनसहित स्वास्थ्यकर्मीको व्यवस्थापन गरी आधारभूत स्वास्थ्य सेवा प्रदान गरेको उहाँको भनाइ छ । उहाँका अनुसार  केही नयाँ थपिएका स्वास्थ्य संस्थाहरूमा भवन निर्माणको काम अन्तिम चरण पुगेको र चाँडै नै आफ्नै भवनबाट स्वास्थ्य सेवा प्रदान हुनेछ । 

नगरपालिकाका नौवटा वडा मध्य १, २, ३, ६ र ९ नं वडामा  पुरानै स्वास्थ्य संस्था रहेका थिए । प्राथमिक स्वास्थ्य केन्द्र हरिपुरलाई १५ श्ययाको अस्पताल बनाउने प्रस्ताव गरिएको नगर स्वास्थ्य शाखा संयोजक बिकाउ महतोले राससलाई बताउनुभयो । नगरकै मुटु हरिपुर नगरपालिका–२ मा रहेको उक्त प्राथमिक स्वास्थ्य केन्द्रको सुविधा सम्पन्न भवन निर्माणाधीन अवस्थामा रहेको छ ।

स्वास्थ्य सेवालाई सूचना प्रविधिसँग जोड्दै नवीनतम तरिकाबाट सेवाहरू प्रदान गर्ने गरी अगाडि बढिएको नगर उपप्रमुख रेणुका काफ्लेले बताउनुभयो । उहाँका अनुसार हरिपुर नगरपालिका–३ मा फरहदवामा रहेको स्वास्थ्य चौकीलाई पनि अस्पतालका रुपमा विकास गर्ने प्रयास भइरहेको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र हरिपुरलाई अस्पतालकै रुपमा सञ्चालनमा ल्याउन भन्दै सुविधा सम्पन्न भवन निर्माण शुरु गरिएको भए पनि ठेकेदारको लापर्वाहीका कारण भवन निर्माण सुस्त गतिमा अघि बढ्दा स्वास्थ्य सेवा प्रदान गर्न समस्या भएको नगर स्वास्थ्य संयोजक महतोले बताउनुभयो ।  

उहाँका अनुसार हरिपुर नगरपालिकाका स्वास्थ्य चौकी तथा प्राथमिक स्वास्थ्य केन्द्रहरूमार्फत आधारभूत स्वास्थ्य सेवाहरूअन्तर्गत बिरामी जाँच सेवा, पोषण, सुरक्षित मातृत्व, परिवार नियोजन, खोप सेवा, सर्ने तथा नसर्ने रोगसम्बन्धी सचेतना सेवा, विद्यालय स्वास्थ्य सेवालगायत सेवा सञ्चालन भइरहेको छ ।

नगरका नौवटै वडामा रहेको स्वास्थ्य संस्थामध्ये केही स्वास्थ्य संस्थाहरूको आफ्नै भवन नभएको भए पनि अन्य सरकारी कार्यालयहरूका भवनको प्रयोग गरी सेवा दिने काम भइरहेको नगरपालिकाले जनाएको छ । आफ्नै भवन नभएका स्वास्थ्य संस्थाहरूको पनि भवन निर्माणको काम अन्तिम चरणमा पुगेका कारण चाँडै नै नगरका सबै स्वास्थ्य संस्थाले आफ्नै भवनबाट स्वास्थ्य सेवा प्रदान गर्ने तयारी गरिरहेका छन् ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन सुनको मूल्य सामान्य घट्यो वर्तमान अवस्थामा निर्वाचन नै उत्तम विकल्प हो : संयोजक दाहाल रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल