२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोभ्याक्सको खोप आयो नेपाल

२०७७, २३ फाल्गुन आईतवार १२:३३

फागुन २३, काठमाडौँ । कोभ्याक्स सुविधामार्फत उपलब्ध हुने कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप नेपालमा ल्याइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले तीन लाख ४८ हजार मात्रा खोप कोभ्याक्स सुविधामार्फत आज नेपाल आइपुगेको जानकारी दिनुभयो । 

कोभ्याक्सले नेपाललाई एक करोड ३० लाख मात्रा खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । कोभ्याक्स सुविधाअन्तर्गत भारतको सिरम इस्च्टिच्युट अफ इण्डिया कम्पनीले उपत्पादन गरेको ‘कोभिशिल्ड’ खोप नै नेपाल आएको हो । 

उहाँले नेपालको लागि यो खोप प्राप्त गर्नु सुनौलो अवसर भएको भन्दै आगामाी जेठ महिनामा अर्को चरणमा १९ लाख मात्रा खोप नेपालले प्राप्त गर्ने अपेक्षा गरिएको बताउनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि सारा बेथ्सोलो न्यन्तीले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गर्नुभयो । खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागको चिस्यान केन्द्रमा राखिएको छ । नेपाललगायत दक्षिण एसियाली क्षेत्रिय सहयोग सङ्गठन (सार्क)मा वर्मा र श्रीलङ्काले कोभ्याक्समार्फत खोप पाएका छन् । 

कोभ्याक्स सुविधामार्फत कम विकसित देशलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो