१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पितृसत्तात्मक सोच हटाउन सक्दा मात्र महिला दिवसले सार्थकता पाउँछ : मुख्यमन्त्री पौडेल

२४ फाल्गुन २०७७, सोमबार ०६:१७

फागुन २४, काठमाडौँ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पितृसत्तात्मक सोच र चिन्तनलाई हटाउन सक्दा मात्र महिला दिवसको नाराले सार्थकता पाउने बताउनुभएको छ ।  अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा आज  शुभकामना सन्देश जारी गर्दै उहाँले महिला हकहित र अधिकारका सन्दर्भमा नेपालले संवैधानिक तथा कानूनीरुपमा विविध सकारात्मक प्रबन्ध गरेको उल्लेख गर्नुभयो  । 

“प्रत्येक वर्ष मार्च ८ गते विश्वभर लैङ्गिक समानता, महिला हकहित र अधिकारमा जोड दिँदै मनाउने गरिएको अन्तरराष्ट्रिय महिला दिवसको सम्पूर्ण दिदीबहिनीमा हार्दिक शुभकामना ब्यक्त गर्दछु”, मुख्यमन्त्री पौडेलले सन्देशमा भन्नुभएको छ  । यस वर्ष १११औँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय नारा तय गरिएको छ । महिला हकहित र अधिकारका सन्दर्भमा नेपालले संवैधानिक तथा कानूनीरुपमा विविध सकारात्मक प्रबन्ध गरेको छ । यसैका कारण  राष्ट्रपतिको गरिमामय जिम्मेवारीदेखि सङ्घ, प्रदेश एवं स्थानीय सरकारसम्म महिलाको उल्लेखनीय प्रतिनिधित्व सम्भव भएको शुभकामना सन्देशमा उल्लेख छ । 

शुभकामना सन्देशमा भनिएको छ “आधा हिस्सा जनसङ्ख्या आगटेका महिलाको नीति निर्माणको तहमा बलियो उपस्थिति भए तापनि संविधान र कानूनमा उल्लेखित प्रबन्धको व्यावहारिक कार्यान्वयनका लागि थप पहलकदमीको आवश्यकता छ । विगतदेखि नै जरा गाढेर बसेको पितृसत्तात्मक सोंच र चिन्तनलाई हटाउन सक्दा मात्र महिला दिवसको नाराले सार्थकता पाउन सक्दछ । यसका लागि प्रदेश सरकार ठोस नीति र कार्यक्रमसहित अघि बढेको छ । अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा सरकारको यस अभियानमा सम्पूर्ण महिला दिदीबहिनी एवं सरोकारवाला निकायको साथ र सहयोगको अपेक्षासहित पुनःहार्दिक शुभकामना व्यक्त गर्दछु”, 

लैङ्गिक समानताका विषयमा अझै समस्या व्याप्त

वाग्मती प्रदेशसभाका उपसभामुख राधिका तामाङले महिला अधिकार र लैङ्गिक समानताका विषयमा अझै समस्या ब्याप्त रहेकामा चिन्ता व्यक्त गर्नुभएको छ । 

  अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा आज  शुभकामना सन्देश जारी गर्दै उहाँले लैङ्गिक विभेद, बलात्कार र बेचबिखन जस्ता मानव सभ्यताकै कलङ्कबाट मुक्त हुन नसक्नु दुःखद् कुरा भएको उल्लेख गर्नुभयो । सोही अवसरमा हेटौँडामा  ¥यालीसहित चेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल