२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली सेनाको ‘एकीकरण पदमार्ग’ प्रवर्धन योजना

२०७७, २४ फाल्गुन सोमबार ०८:३१

फागुन २४, काठमाडौँ । नेपाली सेनाले नेपाल एकीकरणका दौरान यहाँ अवस्थित गढी, किल्ला, कोट, दरबार तथा प्रयोग गरिएको बाटोको प्रवद्र्धन गरी ‘टे«किङ टे«ेल’का रुपमा विकसित गर्ने योजना बनाएको छ । 

यसका लागि छवटा पदमार्ग पहिचान गरिएको छ । धुलिखेलस्थित नेपाली सेनाको कालीजङ्ग गणले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले विसं १८०३ देखि १८२० सम्म काठमाडौँ र काभ्रेपलाञ्चोक जिल्ला एकीकरण अभियानमा प्रयोग गरिएका विभिन्न पदमार्ग पहिचान गरी पदयात्रा कार्यक्रमको आयोजनासमेत गरेको छ । 

गत साल धुलिखेलस्थित तत्कालीन विष्णुदल गणको ‘भ्रमण वर्ष–२०२०’ लक्षित ‘यूनिफिकेशन टे«किङ टे«ेल’ प्रवद्र्धन योजना तथा पदयात्रा कार्यक्रम कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण रोकिएको थियो । विष्णुदल गणले एकीकरण पदमार्ग पहिचान संरक्षण, सम्वद्र्धन र सैनिक इतिहास प्रवद्र्धन गर्ने उद्देश्यले छवटा पदमार्ग पहिचान गरेको थियो । विष्णुदल गण रसुवा र कालीजङ्ग गण धुलिखेल सरुवा भएपछि कालीजङ्ग गणले उक्त योजनालाई पूर्णता दिन थालेको हो । यही फागुन २० गते एकीकण पदमार्ग पदयात्रा कार्यक्रमको आयोजना गरिएको कालीजङ्ग गणका प्रमुख सेनानी मिलन थापाले जानकारी दिनुभयो । 

थापाका अनुसार पहिचान भएका छ पदमार्गमध्ये १८२० कात्तिक १० गते धुलिखेल विजयपश्चात् चौकोट–शारदाकोट–गोरखनाथहुँदै सोही कात्तिक ११ गते पनौती कब्जा गर्न प्रयोग गरिएको मार्गमा पदयात्रा गरिनेछ । उक्त १० किलोमिटर लम्बाइको पदमार्गमा गणले एक दिनको पदयात्रा कार्यक्रम तालिका बनाएको छ । 

काभ्रेपलाञ्चोक एकीकरणका दौरान तत्कालीन अवस्थामा प्रयोग गरिएका पदमार्ग, कोट, धार्मिक तथा पुरातात्विक महत्वका मठमन्दिर र ऐतिहासिक कलासंस्कृति झल्कने स्थानलाई योजनामा समेटिएको गणपति थापाले जानकारी दिनुभयो । विभिन्न अभिलेखअनुसार सेनाद्वारा पहिचान गरिएका अन्य पदमार्गमा १८०३ मा नगरकोट कब्जा गरेपश्चात् १८१६ मा नगरकोट–अनेकोट–लामीडाँडाहुँदै पलाञ्चोक कब्जा गर्न प्रयोग भएका बाटो, १८१८ मा पलाञ्चोक विजयपश्चात् भमरकोट–काभ्रेकोटसमेत विजय गरी सोही असार ३० गते चौकोटमाथि हमला गर्दा प्रयोग भएको बाटो, चौकोट विजयपश्चात् फस्कोट–फूलबारीकोट–बुचाकोट–मेथिनकोट कब्जा गरी १८१९ असोज २ गते तेमालकोट कब्जा गर्न प्रयोग गरिएको बाटो, तेमालकोट विजयपश्चात् १८२० कात्तिक १० गते धुवाँकोट–दाप्चा–नमोबुद्ध–फस्कोटहुँदै पुनःचौकोट विजय र सोही दिन कोटखेल हुँदै धुलिखेल विजय गर्दा प्रयोग भएको बाटो र धुलिखेलबाट गोसाईंस्थान–नालाकोट–साँगा हुँदै बनेपार पनौतीबाट नागीडाँडा–साँगा हुँदै बनेपा आउन प्रयोग गरिएका बाटो रहेका छन् । 

‘टे«किङ टे«ेल’ बनिसकेपछि ऐतिहासिक एवं कला झल्काउने स्थानलाई विश्वमा चिनाउन मद्दत पुग्ने विश्वास गरिएको छ । टे«किङ टे«ेलअन्तर्गत शुरुआत स्थल, सङ्केत केन्द्र, मेडिकल, खानेपानी, शौचालयजस्ता भौतिक संरचना धुलिखेल र पनौती नगरपालिकाभित्र बन्ने भएकाले ती दुई स्थानीय तहले निर्माणमा सहयोग गर्नेछन् । गणपति थापाले भन्नुभयो, “यही फागुन २९ गते उक्त टे«किङ टे«ेलमा विभिन्न निकायका व्यक्तिलाई अवलोकन गराइनेछ ।” उहाँका अनुसार गणले उक्त दिन प्रधानसेनापति पूणचन्द्र थापालगायत विभिन्न निकाय र नागरिक समाजका गरी ५०० व्यक्तिलाई पदयात्रामा सहभागी गराउने योजना बनाएको छ । 

पर्यटकीय नगरी धुलिखेल र ऐतिहासिक एवं धार्मिक नगरी पनौती नगरपालिकाले समन्वय गरी टे«किङ टे«ेललाई स्थापित गर्न सरोकारवालाबीच विभिन्न चरणमा छलफलसमेत भएका छन् । टे«किङ टे«ेल निर्माणपछि स्थानीय तह, होटल एशोसियसन नेपाल तथा उद्योग वाणिज्य सङ्घलगायत सामाजिक संस्थाले त्यसलाई स्वदेशी एवं विदेशी पर्यटकका लागि ‘पर्यटकीय रुट’का रुपमा समेत विकसित गर्न सुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !