१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनापछिको शिवरात्रिः भक्तजनको भीड

२७ फाल्गुन २०७७, बिहीबार ०७:३७

फागुन २७, काठमाडौँ । हिन्दूको महान् पर्व शिवरात्रिका अवसरमा वाग्मती प्रदेशको राजधानी हेटाँैडा उपमहानगरपालिका–४ हुप्राचौरस्थित पशुपति मन्दिरमा आज बिहानदेखि पूजा गर्नेको भीड लागेको छ । धूप, दीप, फूल, अक्षता, बेलपत्र, धतुरो, मिष्ठान्न, दूध, दही, घिउ, सख्खरसहित पूजा सामग्रीका साथ धर्मावलम्बी लाम लागेर  मन्दिरमा पूजापाठ गरिरहेका  छन् । 

 बिहानदेखि  नित्यकर्मका साथ चोखो भई बालबालिका, वृद्धवृद्धा, महिला र पुरुषले  सो मन्दिरमा पूजापाठ गर्नाका साथै प्रसाद चढाएका छन् ।  मन्दिर परिसरमा भजनकीर्तन, नाचगान  गरिएको छ ।  मन्दिरको बाहिर मेला लाग्नाका साथै व्यावसायिक कारोवारसमेत बढेको पाइएको छ । आज राति जाग्रामसमेत गरिने मन्दिर समितिले जनाएको छ । हाल त्यहाँ प्रहरी सुरक्षा  बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शिवको पूजाराधना गर्नाले सुख, समृद्धि र मनोकामना पूरा हुने विश्वास छ । 

त्यस्तै  हेटाँैडाको फरेष्टी कलेजका हातामा रहेको शिवमन्दिरलगायत मकवानपुरका अन्य शिवमन्दिरमा पूजापाठ गरिएको छ । हेटौँडा–१० स्थित रापती तटको गोरेक्षश्वर मन्दिरमा आज बिहानैदेखि भक्तजनले पूजाआजा गरेका छन् । भक्तजन हेटौँडालगायत विभिन्न स्थानबाट शिवको दर्शन गर्न लामबद्ध छन् ।   उनीहरुलाई आकस्मिक रुपमा स्वास्थ्योपचार सेवा पनि उपलब्ध गराएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रजिअ गोविन्दप्रसाद रिजालले शिव मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई शान्तिसुरक्षाको उचित प्रबन्ध मिलाइएको बताउनुभयो ।  

गरीबलाई आर्जनको अवसर

महोत्तरी– महाशिवरात्रि पर्व पूँजी नभएका गरीबगुरुवाका लागि आर्जनको अवसर बनेको छ । पर्व, मेलामा व्यापार गर्न पैसा नभएका गरीबले लगानी नै नलाग्ने पूजा सामग्री बेचेर शिवालयमा प्रशस्त आर्जन गरिरहेका छन् ।बेलपत्र, धतुरोको पूmल र फल बेचेर नै गरीबका छोराछोरीले राम्रो आर्जन गरिरहेका छन् । बेलपत्र, धतुरोको पूmल र फल आराध्यदेव शिवजीका प्रिय वस्तु मानिने र यिनको सङ्कलनमा पैसा नलाग्ने भएपछि पर्वविशेषमा गरीबका लागि आर्जनको अवसर बनेको छ ।

“आफ्नै बस्ती छेउको महाशिवरात्रि मेला छ, हिजो दिनभरि बस्ती वरपरका बेलका रुखबाट पात र झाडीमा प्रशस्त पाइने धतुराका पूmल र फल टिपेँ, आज बिहानैदेखि बेचिरहेछु”, भङ्गाहा नगरपालिका–५ स्थित सिद्धनाथ महादेव मन्दिर परिसरमा भेटिएकी मन्दिर नजीकैको पलार बस्तीकी १५ वर्षीया किशोरी शिवरती सर्दारले भन्नुभयो, “यो पवनी (पर्व) हाम्रा लागि नगद आर्जनको अवसर हो ।”

जिल्लाका जलेश्वरस्थित जलेश्वरनाथ, बर्दिबास–५ टुटेश्वरस्थित टुटेश्वरनाथ, सोनमा गाउँपालिकाको मगरथानास्थित मङ्लनाथ र बर्दिबास–१४ स्थित कामेश्वरनाथ महादेव मन्दिर परिसरमा पनि बेलपत्र, धतुराका पूmल र फल बेच्न किशोरीहरु देखिएका छन् । “मैले त आज बिहान दुई÷तीन घण्टाभित्रै बेलपत्र, धतुराको पूmल र फल बेचेर रु पाँच हजार बनाइसकेछु”,  टुटेश्वरनाथ मन्दिरअघि भेटिएकी टुटेश्वर बस्तीकै १४ वर्षीय शीतल यादवले भन्नुभयो, “आफ्नै घर नजीकैको वनपाखामा बेलका रुख जति छन्, नजीकै झाडीमा धतुरो पनि प्रशस्त छ, किन्नुपर्ने होइन ।” एक दिन बेलपत्र, धतुराको पूmल र फल टिप्न गरिएको मेहनतले वर्षभरि कापी, कलम किन्न पैसा पुग्ने अहिले ९ कक्षामा पढिरहेका यादवको भनाइ छ ।

पर्वमा मेला हेर्न जाने रहर र एक दिनको मेहनतले राम्रो आर्जन हुने भएपछि किशोरकिशोरीले रमाइलोकै लागि पनि बेलपत्र, धतुरोको फल र पूmल टिप्ने, बेच्ने गरेको बर्दिबास–१४ का वडाध्यक्ष भरत हमाल बताउनुहुन्छ । बेलपत्र, धतुरोका पूmल र फलबाहेक पर्वमा श्रद्धालु भक्तजनले भाकलस्वरुप भण्टाका भार चढाउने मैथिल परम्परा छ । बेलपत्र, धतुराको पूmल र फल वनक्षेत्र र झाडीबाट सिंत्तैमा सङ्कलन गरेर बेच्न सकिए पनि भाण्टाका भारका लागि भने थोरै पैसा लगाउनुपर्ने हुन्छ । एक÷एकव भाण्टा बाँसको कप्टेरामा दुईतिर रोपेर बनाइने ‘भाण्टाको भार’ महाशिवरात्रिमा मैथिल परम्परानुसार मुख्य भाकल सामग्री हो । यसमा भाण्टा किन्न र कप्टेरा बनाउन बाँस चाहिने भए पनि थोरै पैसा लगाएर गर्न सकिने भएको हुँदा गरीबले पनि बेचेर  राम्रै आम्दानी गर्छन् ।

“भाण्टा किन्न थोरै पैसा त लाग्छ, तर एउटा भारमा दुई वटा भाण्टा लाग्ने त हो नि”, सिद्धनाथ महादेव मन्दिर परिसरमा असिनपसिन भएर भार दिन, पैसा लिन व्यस्त भङ्गाहा–४ रामनगरका १८ वर्षीय शिवपूजन महतोले भन्नुभयो, “मनता गर्ने (भाकल गर्ने)ले खुशीले दिने रकमले नै राम्रो आर्जन हुन्छ ।”

शिवको प्रिय वस्तु भाङका पात र मुण्टा बेचेर पनि राम्रो आम्दानी हुने गरेको शिवालय अगाडि  सामग्री बेच्न बसेका किशोरीहरुले बताएका छन् । मधेशका बस्तीमा भाङको घारी छ्यासछ्यास्ती पाइने हुँदा यसको सङ्कलनमा  कुनै पैसा नलाग्ने बर्दिबास–१४ स्थित कामेश्वरनाथ महादेव मन्दिर परिसरमासामग्री बेचिरहेका किशोरकिशोरी बताउँछन् ।

    निराहार भक्तजनबाट पूजापाठ               

बलेवा– बागलुङ नगरपालिका–४ उपल्लाचौरको गौरीधाम शिव मन्दिर झकिझकाउ भएको छ । तीन दिन पहिलेदेखि तयारी गरेर मन्दिरमा भक्तजनलाई सहज पूजाआजाको व्यवस्था मिलाइएको छ । अरु दिन बागलुङ कालिका मन्दिर पुग्ने भक्तजन आज गौरीधाम पुगेका छन् । अहिले महिला र पुरुषको ठूलो भीड मन्दिरमा लागेको छ । 

काठेखोला गाउँपालिका–२ भीमापोखरामा शिवरात्रि मेला तीन दिन पहिलेदेखि शुरु भएको छ । त्यहाँ रहेको शिव मन्दिर परिसरमा मेला मात्रै नभई निराहार भक्तजनको ठूलो समूहले पूजापाठ गरिरहेको स्थानीयवासी  प्रेम केसीले बताउनुभयो । जैमिनी नगरपालिका–२ शिवपुरीमा रहेको शिव मन्दिरमा ठूलो भीड छ । कोरोना महामारीलाई ख्याल गरेर मापदण्ड अपनाउँदै पूजाआरतीको काम भइरहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । 

शिवरात्रिका दिन कालीगण्डकी नदीमा स्नान गरेर पूजाआरती गर्दा पुण्यलाभ हुने मान्यता छ । आज कालीगण्डकीका प्रसिद्ध किनार निरहे घाट, मालढुङ्गा, जैमिनीघाट, गाईथुनेघाटलगायत घाटमा स्नान गर्नेको ठूलो भीड छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल