१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

नगरपालिकाले बनायो खुला व्यायामशाला

४ चैत्र २०७७, बुधबार ०५:०२

चैत ४, झापा । कनकाई नगरपालिकाले आफ्नै लगानीमा खुला व्यायामशाला निर्माण गरेको छ । बिहान ‘मर्निङ वाक’ गर्ने नगरवासीका लागि खुला व्यायामशालाले सुविधा थपेको छ । ‘स्वस्थ जीवन प्रवद्र्धन’ कार्यक्रमअन्तर्गत कनकाई–३ को सुरुङ्गा बजार नजिक पश्चिम बसस्टेण्डमा नगरपालिकाले सो व्यायामशाला निर्माण गरेको हो । व्यायामशालामा कुनै शुल्क तिर्नु पर्दैन । कनकाई सामुदायिक वनको चार कठ्ठा जग्गामा बाल उद्यान र खुला व्यायामशाला सञ्चालनमा ल्याइएको नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले बताउनुभयो । 

सो निर्माणमा नगरपालिकाको रु ४५ लाख र प्रदेश नं १ को सरकारको रु १२ लाख गरी कूल रु ५७ लाख खर्च भएको छ । व्यायामशालाका सामान सुरक्षित बनाउन कम्पाउड वालले घेरिएको छ । “रोग लाग्नुभन्दा रोकथामको उपाय गर्नु ठीक हुन्छ भन्ने मान्यताका आधारमा हामीले व्यायामशाला बनाएका हौँ”, नगरप्रमुख पोखरेलले भन्नुभयो, “बढ्दो शहरीकरणसँगै खुला ठाउँको अभाव भइरहेको बेला शारीरिक व्यायाम गर्ने स्थान छैन । निजीरूपमा व्यायामशाला निर्माण गर्न खर्चिलो हुने देखेर खुल्ला व्यायामशाला निर्माण गरेका हौँ ।” 

व्यायामशालामा विभिन्न आधुनिक १२ वटा उपकरण राखिएको छ । व्यायामशाला युवादेखि बृद्धासम्मका लागि खुला गरिएको छ । झापामा स्थानीय तहले निर्माण गरेर सञ्चालनमा ल्याइएको यो पहिलो खुला व्यायामशाला हो । खानपान र जीवनशैलीमा आएको परिवर्तनले व्यक्तिमा विभिन्न प्रकारको दीर्घरोग बढिरहेको अवस्थामा स्वस्थ जीवन जिउनका लागि नियमित शारीरिक अभ्यासमा व्यायामशालाले उत्प्रेरित गर्ने नगरप्रमुख पोखरेलले बताउनुभयो । 

उहाँले सुरुङ्गा ‘बन्द निषेधित क्षेत्र’ भएको हुँदा व्यायामशालामा त्यसको प्रतीक राखिने बताउनुभयो । दश वर्षे जनयुद्धकालमा समेत सुरुङ्गाबासीले आफ्नो बजारलाई बन्द हुन दिएनन् । त्यसैले सुरुङ्गा बन्द निषेधित क्षेत्रको रूपमा चर्चित छ । खुला व्यायामशालामा सरसफाइ र छानाको अभाव छ । नगरपालिकाले सरसफाइ गर्ने व्यवस्था नमिलाएकामा स्थानीयवासीले गुनासो गरेका छन् । छानो नबनाइएका कारण पानी पर्दा असुविधा हुने स्थानीयवासीको भनाइ छ ।

यसैगरी झापाको बुद्धशान्ति गाउँपालिकामा आदर्श सामुदायिक वन उपभोक्ता समितिले स्थानीय पार्कमा खुला व्यायामशाला निर्माण गरेको छ । गाउँवासीले मर्निङ वाकमा जाँदा र उद्यान घुम्न आउने आन्तरिक पर्यटकले मनोञ्जनसँगै स्वास्थ्यका लागि व्यायाम गर्न सुविधा पुगोस् भन्ने उद्देश्यले सामुदायिक वनले व्यायामशाला निर्माण गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल