२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महोत्तरीमा ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

२०७७, ४ चैत्र बुधबार १५:३२

चैत ४, जलेश्वर (रासस) । महोत्तरीको मटिहानी–जनकपुर सडकखण्डअन्तर्गत मटिहानी नगरपालिका– २ स्थित आवर गाउँमा आज साँझ ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषा जिल्लाको मुखियापट्टी मुसरनियाँ गाउँपालिका– ३ बैरियाका बजरङ्गी साहका २० वर्षीय छोरा नितेशकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।

दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका महोत्तरीको मटिहानी नगरपालिका– ८ का राजेन्द्र साहका २६ वर्षीय छोरा सरोजकुमार साहको मटिहानी हेल्थ केयरमा उपचार भइरहेको छ ।

धिरापुर गाउँबाट मटिहानी बजारतिर जाँदै गरेको ज१त ७४८४ नम्बरको ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो ।

आज राति करीब ७ः३० बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक नितेशलाई उपचारका लागि जिल्ला अस्पताल जलेश्वर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीले ट्र्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ । मृतक नितेशको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ