२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

२०७७, ७ चैत्र शनिबार ०३:१७

चैत ७, काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेको छ। सञ्चालकले मनोमानी ढंगले रकम चलाउन थालेपछि समस्या बढ्दै गएको हो। जसले गर्दा एकपछि अर्को संस्थामा समस्या देखिन थालेको छ।

सहकारी विभागका अनुसार यस्ता संस्थाले मनोमानी ढंगले कार्यक्षेत्रबाहिर कारोबार गर्ने गरेका छन्। घरजग्गा तथा हाउजिङमा लगानी गर्दा सहकारी समस्यामा परेका छन्। घरजग्गा तथा हाउजिङमा अन्धाधुन्ध लगानी गरेका कारण ओरेन्टल सहकारी समस्याग्रस्त घोषित भए पनि समस्या सल्टिएको छैन। सिभिल र पशुपति पनि अन्धाधुन्ध घरजग्गामा कारोबार गरेका कारण टाट पल्टिएका हुन्।

जिल्ला बचत संघ ललितपुरका अध्यक्ष रामहरि बजगाईंले ललितपुरका सहकारीमा समस्या बढी देखिएको स्विकारे। समस्या समाधानका लागि संघले पहल गरिरहेको अध्यक्ष बजगाईंको भनाइ छ।

संघको सक्रियतामा गुडविलको समस्या समाधान गर्न निक्षेपकर्ताका तर्फबाट कार्यदल गठन गरिएको छ। फरार अध्यक्षलाई खोज्न निक्षेपकर्ता सक्रिय छन्। सञ्चालक र बचतकर्ता कार्यालयमा उपस्थित भएर समस्या समाधान गर्नतर्फ केन्द्रित भएको उनले बताए।  

नियामक निकाय सहकारी विभागले देशभरका १ सय २५ सहकारीको मात्रै नियमन गर्छ। तर, देशभर ३० हजार सहकारी छन्। अधिकांश सहकारी स्थानीय तह र प्रदेशमातहत छन्। सहकारीमा बलियो नियमन हुन नसक्दा सर्वसाधारण ठगिने क्रम बढेको छ।

विभागका रजिस्ट्रार लीलाप्रसाद शर्माले राष्ट्रिय सहकारी महासंघ र विषयगत केन्द्रीय संघसँग सहकार्य गरी सहकारीका समस्या समाधान गर्न पहल गरिने बताए। ‘समस्याप्रति हामी चिन्तित छौं’, रजिस्ट्रार शर्माले भने, ‘३० हजारभन्दा बढी संस्थामा कसले बदमासी ग¥यो भनेर खोजेर रोक्न गाह्रो छ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ