2026-07-25 03:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भक्तपुरमा टिपरले ठक्कर दिँदा एक महिलाको मृत्यु

चैत ७, काठमाडौं । भक्तपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।

शनिबार दिउँसो सवा ३ बजे सूर्यविनायक नगरपालिका-१० चितापोलस्थित भित्री सडकमा टिपरले मोटरसाइललाई ठक्कर दिएको हो।

नलिन्चोकबाट चितापोल जाँदै गरेको बा ४ ख ९८१० नम्बरको टिपरले मे. ८ प. ८३९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक गिरीले जानकारी दिए।

ठक्करपछि मोटरसाइकलमा सवार सोलुखुम्बु दुधकुण्ड गाउँपालिका-११ घर भई काठमाडौं हात्तीगौडा बस्ने ५९ वर्षीया सीताकुमारी कार्की गम्भीर घाइते भएकी थिइन्।

उनको उपचारको लागि भक्तपुर अस्पताल दुधपाटी लगिएको थियो। उनको उपचारको क्रममा अपरान्ह ४ बजे चिकित्सकले मृत घोषणा गरेको डिएसपी गिरीले बताए।

चालक मृतकका छोरा ३४ वर्षीय प्रकाश कार्की सकुशल रहेको उनले बताए।

प्रहरीले टिपर चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१३का २३ वर्षीय सुनिल तामाङलाई नियन्त्रणमा लिएको छ। दुबै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले थप अनुसन्धान गरिरहेको परिसरले जनाएको छ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक