२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चितुवाको छाला सहित ४ जना पक्राउ

२०७७, ९ चैत्र सोमबार १२:२८

चैत ९, काठमाडौँ । दुर्लभ वन्यजन्तु चितुवाको छाला सहित ४ जना पक्राउ परेका छन् ।आइतबार काठमाडौं महानगरपालिका-२६ मित्रनगर ऐश्वर्य मार्गस्थित प्रभु चरण पाहुना घरको कोठा नम्बर २०४ बाट ६ फिट २ ईन्च लम्वाई र २२ ईन्च चौडाई भएको चितुवाको जस्तो देखिने छाला सहित ४ जनालाई पक्राउ गएको हो ।

पक्राउ पर्नेमा काठमाडौं नयाँबसपार्क बस्नेहरू सोलुखुम्बु मापेदुधकोशी गाउँपालिका-८ ठेगाना भएका ३३ वर्षीय भिम बहादुर कामी, तनहुँ रिसिङ गाउँपालिका-७ ठेगाना भएका ३३ वर्षीय गोपाल थापा मगर, उदयपुर कटारी नगरपालिका-६ ठेगाना भएका २८ वर्षीय निशान्त कुमार रहपाल र काठमाडौं चाबहिल बस्ने सोलुखुम्बु मापेदुधकोशी गाउँपालिका-३ ठेगाना भएका ३२ वर्षीय एक प्रसाद राई रहेका छन् ।

काठमाडौं नयाँबसपार्क मित्रनगर क्षेत्रमा एक प्रसाद राई समेतका व्यक्तिहरूले दुर्लभ वन्यजन्तु चितुवाको छाला कारोवार गर्ने गरेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले उक्त छाला सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारवाहीको लागि बरामद छाला सहित डिभिजन वन कार्यालय हात्तिसार काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ