२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा कोरोनाको सङ्क्रमण बढेपछि फेरि नयाँ निर्देशिका जारी

२०७७, १० चैत्र मंगलवार १६:००

चैत १०, नयाँ दिल्ली (रासस/सिन्ह्वा) । भारतमा कोरोनाभाइरसको सङ्क्रमण फेरि तीव्र रूपमा वृद्धि भएपछि नयाँ निर्देशिका जारी गरिएको छ । 
केन्द्रीय सरकारले मङ्गलबार नयाँ निर्देशिका जारी गर्दै महामारी नियन्त्रणका उपायहरू अपनाउन सबैलाई आह्वान गरेको छ । 
भारतमा पछिल्लो विवरणअनुसार थप ४० हजार ७१५ जना नयाँ सङ्क्रमित भएका छन् भने थप १९९ जनाको कोरोनाका कारण निधन भएको छ ।   
गत जनवरीको अन्त्यतिर दैनिक नयाँ सङ्क्रमितहरूको सङ्ख्या घटेर नौ हजारसम्म पुगेकोमा भारतमा अहिले ४० हजारभन्दा बढी पुगेको हो ।  
अघिल्लो हप्तादेखि नयाँ सङ्क्रमितहरूको सङ्ख्यामा एकाएक तीव्र वृद्धि हुँदै आएको तथ्याङ्कमा देखिएको छ ।
नयाँ निर्देशिका मङ्गलबार जारी गरिएको भए पनि लागू भने अप्रिदेखि मात्रै हुने सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । 
निर्देशिका लागू हुन थालेपछि देशभरी नै परीक्षणको दायरासमेत अझ बढाइने उनीहरूको भनाइ छ । 
गृह मन्त्रालयद्वारा जारी वक्तव्यमा देशका सबै भागमा कोरोनभाइरसविरुद्ध अपनाउनु पर्ने सबै मापदण्ड पालना गर्न/गराउन सबैलाई आग्रह गरिएको छ । 
कोरोनाको परीक्षण, खोप लगाउने अभियानसँगै सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, नियमित हात धुने वा सेनिटाइजर लगाउनेलगायतका आधारभूत स्वास्थ्य सतर्कताहरू पनि पालना गर्न सरकारले सबैलाई आग्रह गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ