२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीका वनमा एक महिनादेखि डढेलो : सरोकार निकाय मौन

२०७७, ११ चैत्र बुधबार ०६:३०

चैत ११, सर्लाही । यहाँका वन क्षेत्रमा हावाहुरी र सुक्खाको मौसम शुरु भएसँगै डढेलो लाग्न थालेका छन् । जिल्लाका चुरे क्षेत्र, सागरनाथ वन विकास परियोजना, फूलजोर बाबा साझेदारी वन र अन्य सामुदायिक तथा साझेदारी वनमा केही दिनदेखि निरन्तर डढेलो लागिरहेको स्थानीयवासीले बताएका छन् ।

चोरी, तस्करी र अतिक्रमणले उदाङ्गो बनेको वन क्षेत्रमा लागिरहेको डढेलो निभाउन कुनै पनि निकायले चासो नदेखाएको पाइएको छ । डढेलोका कारण मानवको बाक्लो बसोबास रहेको चुरेका दर्जनौँ बस्ती जोखिममा परेका छन् । लालबन्दी नगरपालिका–१४ का चन्द्रबहादुर तामाङले यो समयमा चुरेका पाखामा वर्षेनि डढेलो लाग्ने गरेको बताउनुभयो । तामाङका अनुसार बस्ती छेउमा डढेलो आउन खोज्दा स्थानीयवासी आफैँले निभाए पनि जङ्गलमा फैलिएको डढेलो निभाउन भने कसैले पनि चासो देखाएका छैन । 

डढेलोले सानाठूला रूखबिरुवा जलेर खरानी भइरहेका छन् । वन तथा वन्यजन्तु विज्ञले वन क्षेत्रमा यसरी वर्षेनि डढेलो लाग्ने भएकाले सामान्य जस्तो लागे पनि यसले वन्यजन्तु लोप हुनाका साथै वातावरणमा समेत गम्भीर असर पारिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । वनमा डढेलो लागेपछि मानव बस्ती र किसानको खेतबारीमा पस्ने वन्यजन्तुको अहिले शिकार बढेको छ । वनका कर्मचारीले मात्रै डढेलो निभाउन सम्भव नभएको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख माधवप्रसाद देवले बताउनुभयो ।  डढेलो लगाउँदा घाँसपातको पालुवा चाँडो पलाउने गलत सोचाइ राखेर गोठाला तथा स्थानीय बासिन्दाले नै वनमा डढेलो लगाउने गरेको उहाँको भनाइ छ । प्रमुख देवले डढेलो लाग्न नदिन स्थानीय बासिन्दालाई वर्षेनि सञ्चारमाध्यमबाट सचेत गराउँदै आइरहेको बताउनुभयो । 

उल्लेखित वनमा फागुनदेखि नै डढेलो लाग्न शुरु गरेको भए पनि सरोकारवाला निकायको ध्यान पुग्न सकेको छैन । सो क्षेत्रबाट निरन्तर वनजन्य वस्तु तथा वन्यजन्तुको शिकार पनि भइरहेको वन कार्यालयका कर्माचारीहरू नै स्वीकार्छन् ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी