२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भागरथी हत्या प्रकरण: मृतकको भेजाइनल स्वाबसँग मिल्यो अभियुक्तको डिएनए

२०७७, १२ चैत्र बिहीबार ०९:४६

चैत १२, काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७, चुडेपानीकी भागरथी भट्टको भेजाइनल स्वाबसँग अभियुक्त दिनेश भट्टको डिएनए मिलेको छ । केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला सामाखुशीमा गरिएको परीक्षणबाट दिनेशको डीएनए मृतकको भजाइनल स्वाबबाट निकालिएको डीएनएसँग मिलेको हो ।

मृतकको जिल्ला अस्पताल, बैतडीमा गरिएको पोष्टमार्टमका क्रममा डीएनए परीक्षणका लागि भजाइनल स्वाब निकालिएको थियो । अभियुक्तको डीएनए र स्वाबबाट प्राप्त नमूना मिलेसँगै प्रकरणको अनुसन्धान थप बनेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मुकेश सिंहले बताए ।

अभियुक्त दिनेश भट्टलाई २६ फागुनमा जिल्ला अदालत बैतडीले पुर्पक्षका लागि दिपायलस्थित सुधार गृह पठाएको छ । उनलाई प्रहरीले घटनामा संलग्नता देखिएको भन्दै ४ फागुनमा पक्राउ गरेको हो । सो क्रममा उनले भागरथीको हत्या गरेको स्वीकारे थिए ।

तर सुधार गृहमा रहेका वेला उनले आफू घटनामा संलग्न नरहेको भन्दै बयान दिएको सार्वजनिक भएको थियो । गत माघ २२ मा घरबाट विद्यालय गएकी भागरथी दोश्रो दिन खोचलेक क्षेत्रमा रहेको लवलेक जंगलमा मृत भेटिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ