२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना नियन्त्रण गर्न सिसिएमसीलाई स्वास्थ्य मन्त्रालयका यस्ता सुझाव

२०७७, १२ चैत्र बिहीबार १२:१६

चैत १२, काठमाडौँ । सरकारले छिमेकि देशहरुमा कोरोनाभाइरसको संक्रमण दर बढ्दै गएपछि विभिन्न स्वास्थ्य सतर्कताका मापदण्ड लागु गर्ने निर्णय गरेको छ । बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र निर्देशक समितिसमक्ष कोरोना संक्रमण रोक्न विभिन्न सुझाव उपलब्ध गराउने निर्णय गरेको हो ।

सिसिएमसीले तराईका जिल्लाका नेपाल र भारतबीच सीमा नाकाबाट नेपाल प्रवेश गर्ने क्षेत्रमा निगरानी बढाउने र केन्द्रबाट अनुगमन गर्नुपर्ने बताएको छ । त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान कक्षमा निगरानी बढाई स्वास्थ्य परीक्षणमा थप सक्रियता बढाउन सुझाव दिएको छ । 

कोभिड-१९ को सक्रमण बढ्ने सम्भावना भएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयने पूर्व तयारी योजना बनाउन भनेको छ। हाल सञ्चालनमा रहेका नेपाल र भारतबीचका सीमा नाकाहरूलाई कोभिड-१९ को संक्रमणको अवस्था हेरी पुनरावलोकन गर्ने र सङ्क्रमण दर उच्च हुन पुगेमा नाका घटाउनेतर्फ गृह मन्त्रालयले आवश्यक गृहकार्य गर्नुपर्ने बताएको छ । 

नेपाल र भारतबीचका सीमा नाकामा मानिस आउँदा यसपूर्व अपनाएका स्वास्थ्य परीक्षणका मापदण्ड पूर्णरुपमा पालना गर्न लगाउने, शङ्कास्पद व्यक्तिको एन्टिजिन परीक्षण गर्ने, परीक्षणमा कौमिड-१९ को सङ्क्रमण देखिएमा छुट्टै सवारी साधनको प्रयोग गरी होम आइसोलेसनमा पुयाउने व्यवस्था मिलाउन डिसिसिएमसीताई निर्देशन दिने तथा स्थानीय तहबाट होम आइसोलेसनको निगरानी गराउने व्यवस्था मिलाउने मन्त्रालयले निर्णय गरेको छ । 

No photo description available.

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ