२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोक सेवा आयोग ऐन संशोधन गर्न बनेको विधेयक पारित

२०७७, १२ चैत्र बिहीबार १५:५७

चैत १२, सुदूरपश्चिम (रासस) । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश लोक सेवा आयोग ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मत पारित भएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले संशोधन गर्न बनेको उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेश गर्नुभएको थियो ।

विधेयकको दफा ११० लाई निलम्बन गरेर प्रदेशसभामा विधेयक पारित गरिएको हो ।  यसअघि मन्त्री शाहले बैठकमा टेबुल गर्नुभएको विधेयकमाथि छलफल गरिएको थियो ।

प्रदेश लोक सेवा आयोगका अध्यक्ष र सदस्यलाई शपथ ग्रहण गराउनेसम्बन्धी व्यवस्था विधेयकमा छुटेकाले प्रदेश लोक सेवा आयोग ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकको आवश्यकता परेको हो ।

आजको बैठकमा यस अघिका विभिन्न बैठकमा प्रदेशसभा सदस्यद्वारा उठाइएका विषयको जवाफ दिनुहुँदै सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले मन्त्रालयबाट कोरोना भाइरसको सङ्क्रमण रोकथाम, व्यवस्थापनलगायत आवश्यक काम भइरहेको स्पष्ट पार्नुभयो ।

मन्त्री सुवेदीले पछिल्ला दिनमा भारतमा बढेको कोरोना भाइरस सङ्क्रमणले सुदूरपश्चिम प्रदेशमा पनि जोखिम देखिएको भन्दै रोगको रोकथामका लागि प्रदेशका सीमा नाकामा उच्च सतर्कता अपनाइएको बताउनुभयो ।

उहाँले प्रदेशका चारवटै सीमा नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षणको कार्य भइरहेको, सेती प्रादेशिक अस्पताल धनगढीमा थप ५० श्ययाको कोरोना विशेष अस्पताल निर्माणका लागि प्रक्रिया अघि बढेको र हालसम्म प्रदेशमा एक लाख ९१ हजार ९८५ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाइसकेको सदनलाई जानकारी गराउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ