२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपत्यकाको वायु अत्यन्तै घातक

२०७७, १५ चैत्र आईतवार ०१:४८

चैत १५, काठमाडौं । उपत्यकाको वायुको गुणस्तर मानव स्वास्थ्यलाई अत्यन्तै घातक देखिएको छ। विश्व स्वास्थ्य संगठनले वायुको गुणस्तर सूचकांक (एक्यूआई) ३०० भन्दा बढी भए घातक भनेको छ। उपत्यकामा शुक्रबार एक्यूआई सबैभन्दा बढी भैंसेपाटीमा ३१४ पुगेको छ।

यसबाट तात्कालिक मात्रै होइन, दीर्घकालिक स्वास्थ्य समस्या निम्तिने जोखिम रहेकाले सजग हुन विज्ञहरूले आग्रह गरेका छन्। डढेलोको धुवाँ मिसिएको प्रदूषणले शरीरका सबै अंगलाई असर गर्ने चिकित्सक बताउँछन्।

अल्पकालीन (तत्काल) रूपमा आँखा पोल्ने, छाला चिलाउनेलगायत स्वास्थ्य समस्या देखिए पनि दीर्घकालमा दम, फोक्सोको क्यान्सर हृदयाघातसमेत हुन सक्ने चिकित्सकको भनाइ छ।

शुक्रबार बिहानदेखि नै उपत्यकामा आँखा पोल्नेलगायत समस्या स्थानीयमा देखिएको थियो।  नाक र मुखबाट शरीरभित्र प्रवेश गर्ने धुलोका कणले समस्या निम्त्याउँछ।

धुलोका ठूला–ठूला कणहरू नाक र घाँटीमा अड्कन्छन्। ससाना कण फोक्सोमै पुग्छन्। घाँटी एवं नाकको समस्या, रुघाखोकी, एलर्जी, पिनास, दम, क्षयरोग, मुटुका बिरामीलाई तत्कालै असर गर्छ।

प्रदूषणले छालामा सुक्खापन ल्याई चिलाउने समस्या देखा पर्छ। ब्याक्टेरियल, फंगल, प्यारासाइटलगायत अनेक संक्रमणको सम्भावना बढी हुन्छ। छालामा मसिना दाना देखिने, चिलाउने, छालाबाट धुलोजस्तै झर्छ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ