Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

खुकुरी प्रहार गरी आफ्नै दाजुको हत्या

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन २४, मोरङ । मोरङको विराटनगर–६ मा आज बिहान खुकुरी प्रहार गरी भाइले दाजुको हत्या गरेका छन् ।

सोही ठाउँका ३० वर्षीय वीरेन्द्र मुखियाले आज बिहान खुकुरी प्रहार गरी आफ्नै दाजु ४० वर्षीय सन्तोष मुखियाको हत्या गरेका हुन् । वीरेन्द्रले खुकुरीले टाउकोमा प्रहार गर्दा सन्तोषको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिनुभयो । वीरेन्द्र मानसिक रोगी भएको बताइन्छ ।

वीरेन्द्रले दाजुको हत्या गर्नुको कारण भने खुलिनसकेको थापाले बताउनुभयो । दाजुको हत्या गरेका वीरेन्द्रले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । घटनाको अनुसन्धान गर्ने कार्य भइरहेको मोरङ प्रहरीले जनाएको छ । रासस