२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अधिकार सुनिश्चित नभएको गुनासो

२०७७, २१ चैत्र शनिबार ००:५९

चैत २१, काठमाडौँ | मानवअधिकार र महिला अधिकारको संरक्षण एवं संवद्र्धनका लागि स्थापना भएको राष्ट्रिय मानवअधिकार र महिला आयोगकै अधिकार सुनिश्चित नभएको पदाधिकारीले गुनासो गर्नुभएको छ । महिला, कानून र विकास मञ्चले शुक्रबार आयोजना गरेको लैङ्गिक हिंसा सम्बोधनमा राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय महिला आयोगको भूमिका विषयक छलफल कार्यक्रममा महिला आयोगका अध्यक्ष कमला पराजुलीले ऐन, कानून बनाउने जिम्मेवारी सांसदको भए पनि त्यसको अभ्यास एवं गृहकार्य नागरिक समाज र सामाजिक संस्थाबाट हुने गरेको बताउनुभयो ।

तराई क्षेत्रमा अझै बालिकाको सानै उमेरमा गौना गर्ने प्रचलन नतोडिँदा महिला हिंसा हुने गरेको उहाँले सुनाउनुभयो । संविधान, ऐन, कानूनमा भएका व्यवस्था कार्यान्वयन भएका छन् कि छैनन् भनी नागरिक समाजबाट अनुगमन पनि गरिनुपर्ने उहाँको भनाइ थियो । कतिपय कानूनी व्यवस्थालाई समीक्षा गरिनुपर्ने अध्यक्ष पराजुलीको भनाइ थियो ।

बाल विवाह, गर्भ पतन, प्रजनन स्वास्थ्यसम्बन्धी अध्ययन अनुसन्धान गरिनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । आयोगमा आन्तरिक संरचना नै बनाउनुपर्ने अभियानमा लागेको उहाँले बताउनुभयो । महिलालाई न्यायमा पहुँच बढाउन पनि आन्तरिक संरचना सुदृढ बनाइनुपर्नेमा अध्यक्ष पराजुलीको जोड थियो ।

कार्यक्रममा मानवअधिकार आयोगका सदस्य लिली थापाले एउटा कार्यालयसमेत आयोगले पाउन नसकेको गुनासो गर्नुभयो । कार्यालय नै व्यवस्थित नहुँदा काममा प्रभाव परेको उहाँको भनाइ थियो । “आयोगमा विसं २०५२ को सशस्त्र द्वन्ददेखिका मुद्दा भएकाले टुङ्ग्याउन तीव्ररुपमा काम शुरु भएको छ, महिला हिंसा र बलात्कारका घटनालाई आयोगले प्राथमिकता दिएर हेर्ने गरेको छ, आयोगमा ३०० मात्र कर्मचारी भएकाले नागरिक समाजसँग मिलेर काम गरिरहेका छौँ”, सदस्य थापाले भन्नुभयो । 

महिला अधिकारसम्बन्धी पाठ्यक्रम तयार भई पढाउने तयारी भइरहेका बेला मानवअधिकारसम्बन्धी पाठ्यक्रम पनि तयार पार्न लागिएको उहाँको भनाइ थियो । आयोगलाई कार्यालयको समेत खोजी भइरहेकाले अन्य सात संवैधानिक आयोगलाई पनि एकै स्थानमा राखेर काम गर्ने व्यवस्था भए सहज हुने जनाइएको छ । 

मञ्चका उपाध्यक्ष अधिवक्ता विष्णु बस्यालले दुवै आयोगमा छट्टै प्रहरीको व्यवस्था गरिएमात्र महिला हिंसा नियन्त्रणमा ठोस काम हुने बताउनुभयो । विज्ञप्तिमात्र निकालेर समस्या समाधान नहुने भएकाले अध्ययन अनुसन्धान पनि गरिनेपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा इन्टरनेशनल एलर्ट सहज पहुँच परियोजनाका निरेश चापागाइँले १४ जिल्लाका ३७ स्थानीय तहमा लैङ्गिक हिंसा न्यूनीकरणमा काम गरिरहेको बताउनुभयो । कार्यक्रमले ३०० कार्ययोजना कार्यान्वयन गरेको उहाँको भनाइ थियो । ती स्थानीय तहका न्यायिक समितिमा प्रतिवादी उपस्थित नहुने गरेकामा कार्यक्रमले प्रहरीको सहयोगमा उपस्थित गराउन थालेको जनाइएको छ ।

नवलपरासी, प्यूठान र रोल्पामा हिंसाका घटना कम भएको र तराईका केही जिल्लामा अझै घटाउन चुनौती आइपरेको जनाइएको छ । महिला आयोग संवैधानिक बनिसकेपछि नीति एवं रणनीतिमा परिवर्तन गर्न लागिएको जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ