Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सेती नदीमा डुबेर दार्चुलाका एक युवकको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

<p>चैत २१, डोटी (रासस) । डोटीको सेती नदीमा पौडी खेल्ने क्रममा आज दिउँसो एक युवकको मृत्यु भएको छ । </p><p>सेती प्राविधिक शिक्षालय दिपायलमा सिभिल इञ्जिनीयर पढ्दै गरेका दार्चुलाको मालिकार्जुन घर भएका १७ वर्षीय दिपेन्द्रसिंह धाँमीको डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिनुभयो ।&nbsp;</p><p>शिखर नगरपालिका–२ मुडेगाउँको कालागाड नजिकै रहेको धार्मिकस्थल सालमुनिमा पूजामा गएको समयमा सेती नदीमा पौडी खेल्ने क्रममा नदीभित्रको हिलोमा अड्किएर धाँमीको मृत्यु भएको प्रहरीले जनाएको छ ।</p>