२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

७२ हजार किलो सडेको चिनीलाई कसरी खान मिल्ने बनाइयो ?

२०७७, २३ चैत्र सोमबार ०२:२०

चैत २३, काठमाडौं । भारतको सिम्भावली सुगर लिमिटेडले निर्यात गरेको ७२ हजार किलो चिनी आयात गर्न अयोग्य देखियो। 

जलेश्वरस्थित खाद्य आयात–निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले उक्त चिनीको उपभोग गर्ने म्याद नाघेको भन्दै प्रतिवेदन बुझायो। तर, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी तत्कालीन महानिर्देशक डा. मतिना वैद्यले उक्त प्रतिवेदनविपरीत ‘योग्य’ भनेर प्रमाणित गराइदिइन्।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उक्त विषयमा छानबिन गर्न तत्कालीन सहसचिव डा. नारायण रेग्मीको संयोकत्वमा समिति गठन गर्‍यो। समितिले विभागकी महानिर्देशक डा. वैद्यले जानाजान गम्भीर प्रकृतिको लापरवाही र त्रुटि गरेको प्रतिवेदन दियो।

समितिले महानिर्देशक डा.वैद्यमाथि निजामती ऐनअनुसार कडा कारबाही गर्न सिफारिस गरेको छ। तर, मन्त्रालयले महानिर्देशक पदबाट हटाएर अन्यत्र सरुवा मात्रै गरेको छ।

‘आयातीत चिनीको परीक्षण सम्बन्धमा विभागको लापरवाही देखिनुका साथै प्रचलित कानुनको समेत पालना नगरेको पाइएकोले चिनीको परीक्षण कार्यमा संलग्न कर्मचारी र विभागका महानिर्देशकलाई कानुनबमोजिम कारबाही गर्नू’, छानबिन समितिको प्रतिवेदनको बुँदा नम्बर ५ मा छ।

बारास्थित राजस्व अनुसन्धान कार्यालय पथलैयाले १ हजार ४ सय ४० बोरा चिनी सोमबार नष्ट गर्दै छ। कार्यालयका अधिकृत होमप्रसाद पाण्डेले उक्त गुणस्तरहीन चिनी नष्ट गर्ने निर्णय भएको बताए। 

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु