२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसद्‍मा पनि गुट चलाउने खेलमा प्रधानमन्त्री ओली

२०७७, २८ चैत्र शनिबार ०२:५२

 चैत २८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला जनता समाजवादी पार्टी (जसपा) लाई आफ्नो पक्षमा लिन सके सरकार ढल्नबाट जोगिन्छ कि भन्ने ध्याउन्नमा छन्। त्यसकारण उनी जसपा अध्यक्ष महन्थ ठाकुरलाई निरन्तर फकाइरहेका छन्। 

ओलीको भित्री आशय प्रतिनिधिसभलाई विघटन नै गर्नेछ। विघटन गर्न नसके अर्काे पार्टीको सरकार बन्न नदिने प्रस्ट लाइनमा प्रधानमन्त्री ओली देखिएका छन्।

प्रधानमन्त्री ओलीको रणनीतिलाई चिर्न माओवादी केन्द्र र एमालेकै माधव नेपाल पक्ष लागिपरे पनि नेपाली कांग्रेस र जसपा प्रस्ट नहुँदा समस्या भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाको भित्री लाइन पनि प्रतिनिधिसभा विघटन नै गरेर मध्यावधि निर्वाचनमा जानेछ। तर उनले पार्टीभित्रको दबाबका कारण सरकार गठनका लागि पहल गरेजस्तो देखाइरहेका छन्। 

‘देउवाले सरकार गठनमा गम्भीर छलफल गर्नेछैनन्, त्यसैले आफ्नै नेतृत्वको सरकार बन्नुपर्छ भनेर अडान लिनुको अर्थ पनि सहमति नगर्ने नै हो,’ कांग्रेसनिकट स्रोतले भन्यो। कांग्रेस नेता रामचन्द्र पौडेल भने प्रधानमन्त्री ओलीको विकल्पमा सरकार गठन गर्नुपर्ने अडानमा छन्। पौडेललाई खुसी पार्न संसद् बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग्न लगाइएको स्रोतले बतायो।  

यही चैत २३ गतेको संसद् बैठकमा कांग्रेसका सांसदले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए। जसपा अध्यक्ष महन्थ ठाकुर समूहले रेशम चौधरीसहित थारू आन्दोलनमा पक्राउ परेकालाई मुद्दा र जेलबाट छुटाउनुपर्ने मुख्य माग राखेको भए पनि  प्रधानमन्त्री ओलीले संसद् विघटन गर्दादेखि नै उनका पक्षमा उभिएको छ। ठाकुर समूहको भित्री आशय पनि प्रधानमन्त्री ओलीलाई साथ दिएर संसद् विघटन नै गराउने भएको स्रोतले बतायो।  

तर प्रधानमन्त्री ओली जसपालाई आफूतर्फ ल्याएर मात्रै सत्ता चलाउन सक्ने अवस्था देखिँदैन, उनलाई कुनै पनि बेला सरकार छाड्नुपर्ने अवस्था आउने नेपाल पक्षका एक नेताले बताए। २०५१ सालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ल्याएको नीति तथा कार्यक्रममा कांग्रेसकै ३६ जना सांसद अनुपस्थित भएपछि पारित हुन नसक्दा सरकार नै ढलेको थियो।  

त्यसपछि कोइरालाले प्रधानमन्त्रीबाट राजीनामा दिँदै संसद् विघटन गरेका थिए। त्यो अवस्था अहिले पनि आउन सक्ने खतरा यतिबेला पनि देखिन्छ एमाले नेपाल निकट स्रोतले भन्यो। प्रधानमन्त्री ओलीलाई सहज रूपमा सत्ता चलाउन पार्टीभित्रबाट सहयोग हुनुपर्छ, संसद्मा सभामुखले साथ दिनुपर्छ, मिडियाले सहयोग गर्नुपर्छ, नागरिक समाजले सहयोग गर्नुपर्छ, प्रतिपक्षले गुण र दोषका आधारमा सहयोग गर्नुपर्छ भन्ने कुरामा राजनीतिक भेटघाटमा बहस हुने गरेको छ।  

नागरिक दैनिक लेख्छ-ओलीले सकेसम्म आफ्नै नेतृत्वको सरकारको निरन्तरता दिने प्रयास गरिरहेकाले संसद् रहुन्जेल त्यसलाई आफ्नो पकडमा राख्न उनले गुटको राजनीति सुरु गरिरहेका छन्। फागुन २३ गते सर्वोच्चको फैसलापछि पूर्ववत् अवस्थामा फर्केको एमालेले संसद्भित्र नेपाल समूहलाई तह लगाउनेगरी खेल सुरु गरेको छ भने माओवादी केन्द्रलाई पनि पाखा लगाउने खेल भइरहेको छ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै