खोटाङ, २५ साउन । जिल्लाको उत्तरी गाविस पाथेका–७ दम्दीका ५० भन्दा बढी घर पहिराको उच्च जोखिममा परेका छन् । 

मानव बस्तीभन्दा करिब एक हजार मिटरमाथि रहेको हात्तीसुँढे भिर फाटेर पहिरो खस्न लागेपछि दम्दीका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खोटाङ, २५ साउन । जिल्लाको उत्तरी गाविस पाथेका–७ दम्दीका ५० भन्दा बढी घर पहिराको उच्च जोखिममा परेका छन् । 

मानव बस्तीभन्दा करिब एक हजार मिटरमाथि रहेको हात्तीसुँढे भिर फाटेर पहिरो खस्न लागेपछि दम्दीका "/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

पाथेकाको दम्दी पहिराको उच्च जोखिममा

२०७३, २५ श्रावण मंगलवार ०३:०९

खोटाङ, २५ साउन । जिल्लाको उत्तरी गाविस पाथेका–७ दम्दीका ५० भन्दा बढी घर पहिराको उच्च जोखिममा परेका छन् । 

मानव बस्तीभन्दा करिब एक हजार मिटरमाथि रहेको हात्तीसुँढे भिर फाटेर पहिरो खस्न लागेपछि दम्दीका स्थानीयबासी पहिरोको उच्च जोखिममा परेका हुन् । 

वर्षाका कारण पाथेका–९ र ७ को सिमानामा पर्ने हात्तीसुँढे भिरको ठूलो ढुङ्गासहितको ढिस्को जुनसुकै बेला बस्तीमा खस्ने खतरा बढेकाले स्थानीय त्रासमा बस्न बाध्य बनेका छन् । विसं १९९० सालको भूकम्पले एक फुट फाटेको भिर अहिले चार मिटरभन्दा बढी फाटिसकेकाले गाउँमा पहिरो खस्ने त्रास बढेको हो । 

बर्सेनि फाट्दै गएको भिर वर्षायाममा खस्ने सम्भावना बढी भएकाले दम्दीका स्थानीय वर्षा सुरु भएसँगै ढुक्कले निदाउन सकेका छैनन् । वर्षा सुरु भएपछि कतिपय स्थानीय घर छाडेर आफन्तकामा राति बास बसेर बिहान घर फर्कने गरेका स्थानीय धनप्रसाद गिरीले जानकारी दिनुभयो । 

सदरमुकाम दिक्तेलबाट करिब पाँच कोश उत्तरमा पर्ने पहिरोबाट मानव बस्तीबाहेक स्थानीय लालकिरण प्रावि समेत जोखिममा परेको छ । २०६९ साउन ८ गते सार्वजनिक गरिएको सङ्कटाभिमुख समुदाय अवस्था अध्ययन प्रतिवेदनमा २०४५ सालमा एक फिट फाटेको भनिएको भिर अहिले चार मिटर फाटेको छ । बर्सेनि भिर फाट्दै गएपछि आफूहरु चिन्तित बनेको पाथेका–७ दम्दीका ७६ वर्षीय वृद्ध दलबहादुर राईले बताउनुभयो । “हामी राम्ररी निदाउन सकेका छैनौँ,” उहाँले भन्नुभयो, “यसप्रति राज्यको ध्यान जान जरुरी छ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म