खोटाङ, २५ साउन । जिल्लाको उत्तरी गाविस पाथेका–७ दम्दीका ५० भन्दा बढी घर पहिराको उच्च जोखिममा परेका छन् । 

मानव बस्तीभन्दा करिब एक हजार मिटरमाथि रहेको हात्तीसुँढे भिर फाटेर पहिरो खस्न लागेपछि दम्दीका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खोटाङ, २५ साउन । जिल्लाको उत्तरी गाविस पाथेका–७ दम्दीका ५० भन्दा बढी घर पहिराको उच्च जोखिममा परेका छन् । 

मानव बस्तीभन्दा करिब एक हजार मिटरमाथि रहेको हात्तीसुँढे भिर फाटेर पहिरो खस्न लागेपछि दम्दीका "/>

२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

पाथेकाको दम्दी पहिराको उच्च जोखिममा

२५ श्रावण २०७३, मंगलवार ०३:०९

खोटाङ, २५ साउन । जिल्लाको उत्तरी गाविस पाथेका–७ दम्दीका ५० भन्दा बढी घर पहिराको उच्च जोखिममा परेका छन् । 

मानव बस्तीभन्दा करिब एक हजार मिटरमाथि रहेको हात्तीसुँढे भिर फाटेर पहिरो खस्न लागेपछि दम्दीका स्थानीयबासी पहिरोको उच्च जोखिममा परेका हुन् । 

वर्षाका कारण पाथेका–९ र ७ को सिमानामा पर्ने हात्तीसुँढे भिरको ठूलो ढुङ्गासहितको ढिस्को जुनसुकै बेला बस्तीमा खस्ने खतरा बढेकाले स्थानीय त्रासमा बस्न बाध्य बनेका छन् । विसं १९९० सालको भूकम्पले एक फुट फाटेको भिर अहिले चार मिटरभन्दा बढी फाटिसकेकाले गाउँमा पहिरो खस्ने त्रास बढेको हो । 

बर्सेनि फाट्दै गएको भिर वर्षायाममा खस्ने सम्भावना बढी भएकाले दम्दीका स्थानीय वर्षा सुरु भएसँगै ढुक्कले निदाउन सकेका छैनन् । वर्षा सुरु भएपछि कतिपय स्थानीय घर छाडेर आफन्तकामा राति बास बसेर बिहान घर फर्कने गरेका स्थानीय धनप्रसाद गिरीले जानकारी दिनुभयो । 

सदरमुकाम दिक्तेलबाट करिब पाँच कोश उत्तरमा पर्ने पहिरोबाट मानव बस्तीबाहेक स्थानीय लालकिरण प्रावि समेत जोखिममा परेको छ । २०६९ साउन ८ गते सार्वजनिक गरिएको सङ्कटाभिमुख समुदाय अवस्था अध्ययन प्रतिवेदनमा २०४५ सालमा एक फिट फाटेको भनिएको भिर अहिले चार मिटर फाटेको छ । बर्सेनि भिर फाट्दै गएपछि आफूहरु चिन्तित बनेको पाथेका–७ दम्दीका ७६ वर्षीय वृद्ध दलबहादुर राईले बताउनुभयो । “हामी राम्ररी निदाउन सकेका छैनौँ,” उहाँले भन्नुभयो, “यसप्रति राज्यको ध्यान जान जरुरी छ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला