२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खेलाँचीले कोरोना जोखिम झन् बढ्यो

२०७७, ३० चैत्र सोमबार ०२:००

चैत ३०, काठमाडौं । भारतबाट फर्किरहेका ५ प्रतिशत नेपालीमा कोरोना संक्रमण देखिएको छ। कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट भित्रिएका नेपालीको एन्टिजेन परीक्षण गर्दा यो अवस्था देखिएको हो। दुवै नाकामा शनिबारसम्म ९ हजार जनाको परीक्षण गरिएकामा ४ सय १७ जनामा कोरोना पुष्टि भएको हो।

तर, मुख्य नाकामा परीक्षण चलिरहे पनि खुला सीमाबाट आउजाउ रोकिएको छैन। प्रदेश १ का खुला ठाउँ हुँदै आवागमन चलिरहेकै छ। जसकारण कोरोनाको जोखिम झन्–झन् बढेको नियामक निकायकै पदाधिकारी स्वीकार गर्छन्। 

भारतमा दिनदिनै कोरोना संक्रमण बढिरहेका बेला नयाँ वर्ष र चैते दसँै मनाउन नेपाली घर फर्किनुले सुदूरपश्चिम प्रदेश उच्च जोखिममा परेको छ। प्रदेश १ मा त किनमेलकै लागि नेपाल–भारत आउजाउ चलिरहेको छ। 

गौरीफन्टाबाट दैनिक १५ सय र गड्डाचौकीबाट दैनिक १ हजार जना नेपाली स्वदेश फर्किरहेका छन्। गौरीफन्टास्थित हेल्थ डेस्क प्रमुख गणेशबहादुर साउदले शनिबार अपराह्नसम्म ३ सय ६९ जनामा कोरोना पोजिटिभ देखिएको बताए।

‘हामीले चैत १७ गतेयता भारतबाट फर्केका ७ हजार जनाको एन्टिजेन परीक्षण गरेका छौं। तीमध्ये ३ सय ६९ जनामा कोरोना पोजिटिभ देखिएको छ’, हेल्थ डेस्क प्रमुख साउदले भने। 

साउदले शनिबार साँझ ५ बजेसम्म एकै दिन ५४ जनामा पोजिटिभ देखिएको बताए। ‘शनिबार ४ सय ८३ जनाको परीक्षण गर्दा ५४ जनामा पोजिटिभ देखिएको हो। हेल्थ डेस्क राखेपछि, एकै दिनमा यती धेरै जनामा कोरोना देखिएको यो अहिलेसम्मकै बढी हो’, साउदले भने। उनले यस्तै अवस्था रह्यो भने कोरोना फेरि समुदायस्तरमा फैलिन सक्ने बताए। 

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने