२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मृगैला पिडितको आर्थिक अभावले वीर अस्पतालको पेटीमा बास

२०७७, ३० चैत्र सोमबार ०७:०६

दान बहादुर बुढा । चैत्र ३० गते । मृगौलाको उपचार गर्न काठमाडौको वीर अस्पताल पुगेका मुगुको छाँयानाथ रारा नगरपालिका-४ का एक दम्पति आर्थिक अभावले वीर अस्पतालको पेटिमा रात बिताउने गरेका छन ।


छाँयानाथ रारा नगरपालिका-४ कि ४४ बर्षिया मैनमति भण्डारी लामो समय देखि बिरामी भएकी थिईन । उनलाई पती बाँच बहादुर भण्डारीले बेला-बेला जुम्लामा रहेको कर्णाली स्वास्थ्य बिज्ञान प्रष्ठिानमा उपचार गर्न लिएका थिए । 

स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाले मृगौलामा समस्या भएको भनि काठमाडौ रिफर गरेको थियो । दुई पटक उपचारका लागि काठमाडौ पुगेका भण्डारीको परिवार आर्थिक अभावले पत्निको उपचार गर्ने आशमा वीर अस्पताल काठमाडौँको पेटिमा छट्पटाइ रहेका छन  ।

स्वास्थ्य बिज्ञान प्रतिष्ठा जुम्लाले मृगौलामा समस्या भएको भनि काठमाडो रिफर गरेपछी पत्निको उपचार गर्न  भण्डारीले गाँउको महिला समूहबाट १ लाख ऋण निकालेर मंसिरमा वीर अस्पतालमा जाँच गराएका थिए ।

अस्पतालमा डाक्टरले मैनमतिको मृगौलाको अप्रशेन गर्नुपर्ने बताए । 

उनले ऋण निकालेको एकलाख रुपैया मंसिरमै सकिएको बताए। फाल्गुन महिनामा वीर अस्पताल पुगेका मैनमतिको एक मृगौलाले काम गर्न छाडेको छ । अर्को मृगैलाले आधामात्र काम गर्ने र त्यसको पनी अप्रशेन गर्नुपर्ने भएपछि आर्थिक अभावका कारण होटलमा बस्ने खर्च नभई बिर अस्पतालको पेटीमा रात कटाउन बाध्य भएको मोबाईलबाट रुदै मैनामतिका पति बाँचबहादुरले दुखेसो पोखे। 

आँैषधी उपचार त कताहो कता बिहान र बेलुका पेट भनै गारो भएको उनले बताए । 'श्रीमतिको उपचारत धेरैपर भैसकेको छ । काठमाडौ जस्तो ठूलो शहरमा आफन्त कोही देखी छैनन्' उनले भने, 

'घरमा तिन जना साना छोराछोरी सहित बुढी आमा छन । कमाई गर्ने एक मात्र आफु भएकाले घरबाट पैसा जम्मा पारेर पठाउने कोही छैन ।  बेच्ने जग्गा जमिन समेत छैन । अर्काको ज्याल मजुदरी गरेर घर परिवालाई एक सरो लुगाफाटो र बिहान बेलुका छाक टार्न समेत आफुलाई अहिले सम्म धौ धौ पर्ने गरेको छ ।' 

होटलमा बस्ने खर्च समेत नहुदा बिरामिलाई पेटीमा सुताएर रात कटाउने गरेको एक महिना भईसकेको भण्डारीले बताए । पुन अप्रशेन गर्नकालागी अस्पताले पैसो जम्मा गर्न भनेको छ । अस्पातलले अप्रेशन गर्न लाग्ने खर्च आधा लिने भनेको उनले बताए ।  

तर अप्रेशन गर्दा लाग्ने औषधी किन्ने समेत पैसमा समेत उनीसंग छैन । 

उनले गाँउघरमा सबैलाई गुहारी सकेका छन् । उता गाँउको महिला समुहबाट लिएको एकलाख ऋणको किस्ता महिना-महिनामा तिर्नुपर्ने शर्तमा कागज गरेका छन । उक्त किस्ता कसरी तिर्ने भनेर उनी चिन्तित छन् । 

'बेला-बेला भेट्न आउदा जहिलेपनी दुबैजना अस्पतालको पेटिम बसेका हुन्छन । सोमबार अप्रेशन गर्ने भनिएको रहेछ, अहिले सम्म उनले औषधी किन्ने पैसा जम्मा गर्न सकेका छैनन ।' उनलाई भेट्न पुगेकि भण्डारीको गाँउकी काठमाडौमा अध्यन गर्ने पद्मादेबि भामले बताईन । 

औषधी किन्ने समेत पैसा नहुँदा सोमबार पत्निको अप्रेशन नहुने होकि भनेर रुदै बिर अस्पतालको पेटीमा भण्डारीले कोही कसैले आफनो पत्निको ज्यान बचाउँनका लागि सहयोग गरिदिन आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने