२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक महिना अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी

२०७७, ३१ चैत्र मंगलवार १६:०८

चैत ३१, काठमाडौँ (रासस) । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि काठमाडौँलगायत देशका ठूला शहरी क्षेत्रका विद्यालय एक महिना बन्द गर्ने तयारीमा सरकार रहेको बताउनुभएको छ ।

स्वास्थ्य पत्रकार मञ्च, नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले नयाँ खालको भाइरस बढ्दै गएपछि विद्यालय एक महिनासम्म कक्षा अनलाइन कक्षा सञ्चालन गर्नेबारे मन्त्रिपरिषद् बैठक र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा समेत छलफल गरिएको जानकारी दिनुभयो ।

“कम्तीमा शहरी क्षेत्रका विद्यालय एक महिना अनलाइन कक्षाबाट सञ्चालन गर्ने कि भन्ने तयारी रहेको छ”, मन्त्री त्रिपाठीले भन्नुभयो । उहाँले विद्यालय अनलाइनबाट कक्षा सञ्चालन गर्दा सात–आठ लाख विद्यार्थी घरमै रहेर पढ्ने र त्यसले २० प्रतिशत आवतजावतमा कमी आउने समेत बताउनुभयो ।

उहाँले अहिलेको नयाँ भाइरस (भेरियन्ट) युवा र बालबालिकामा पनि देखिएकोले डर लाग्दो रहेको बताउनुभयो । “१८ वर्षभन्दा मुनिका बालबालिकालाई खोप विकास भएको छैन”, उहाँले भन्नुभयो, “त्यसैले अहिले देखिने भाइरस बालबालिकामा पनि सर्ने भएकोले ती बालबालिकालाई खोपको लगाउन नमिल्ने भएकोले डर लाग्दो रुपमा फैलिन सम्भावना रहेको छ ।”

उहाँले अहिलेको अवस्थामा सङ्क्रमण बढ्दै गए जेठ र असारको अन्तिमसम्म दैनिक ११ हजार र छ लाख सङ्क्रमित पुग्ने प्रक्षेपण गरिएको जानकारी दिनुभयो । “अहिले सङ्क्रमण बढिरहेको अवस्थामा दैनिक ११ हजार र असारसम्म छ लाख सङ्क्रमित पुग्ने प्रक्षेपण गरिएको छ”, उहाँले भन्नुभयो । 

उहाँले सङ्क्रमण बढ्न नदिन सीमा नाकाबाट आउनेको परीक्षण गर्ने र सङ्क्रमण देखिएपछि आइसोलेशन सेन्टरमा राखिने बताउनुभयो । उहाँले नेपाल भारतको मुख्य सीमा नाकाबाट आउने एक हजार जना अट्ने खालको  होल्डिङ सेन्टर राख्ने निर्माण गर्ने समेत भइरहेको जानकारी दिनुभयो ।

उहाँले बन्दाबन्दी अवस्था आउनुभन्दा अगाडि नै रोकथाम र नियन्त्रण गरिने गरी तयारी गरिएको बताउनुभयो । “गत वर्षदेखिको अनुभव र भौतिक पूर्वाधारको तयारीले हामी बन्दाबन्दी नगइकन हामी रोकथाम र नियन्त्रण गर्न सक्षम छौँ”, उहाँले भन्नुभयो, “ मुलुकलाई बन्दाबन्दीसम्म पुग्न दिदैनौँ ।” मन्त्री त्रिपाठीले सङ्क्रमणको दर बढ्दै गएकोले काठमाडांै उपत्यकामा रहेका अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिइएको जानकारी दिनुभयो । 

उहाँले पहिलेको भाइरसले एक जनाबाट ६ जनामा सङ्क्रमण सारे पनि अहिलेको नयाँ भाइरसले एक जनाबाट ४० जनामा सङ्क्रमण सार्न सक्ने बताउनुभयो । उहाँले अर्थतन्त्र भन्दा जनताको जीवन ठूलो भएकाले सरकारले जनताको जीवनलाई महत्वपूर्ण मानेर रोकथाम र नियन्त्रण गरिने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने