वैशाख १, काठमाडौँ | कोरोना भाइरस सङ्क्रमणको दोश्रो लहरको जोखिम बढेको भन्दै सरकारले सचेत हुन आग्रह गरिरहेको छ । तर, नयाँ वर्षको दिन बालाजु स्थित बाइसधारामा खचाखच भीड देखियो । <"/>
वैशाख १, काठमाडौँ | कोरोना भाइरस सङ्क्रमणको दोश्रो लहरको जोखिम बढेको भन्दै सरकारले सचेत हुन आग्रह गरिरहेको छ । तर, नयाँ वर्षको दिन बालाजु स्थित बाइसधारामा खचाखच भीड देखियो ।
नयाँ वर्ष मनाउन बिभिन्न स्थानबाट बाइसधारामा आएकाहरु मध्ये कतिपयले त मास्क समेत लगाएको देखिएन । कतिपय त नाचगानमा व्यस्त देखिन्थे । बाइसधारा छिर्ने स्थानमा सवारीको जामनै भयो । २०७७ मा सुनसान झैं बनेको बाइसधारा पार्कमा २०७८ को पहिलो दिन एकाएक हजारौंको प्रवेशसँगै बाइसधारा प्रवेशद्वारमा टिकट काट्न बसेकाहरुलाई टिकट काट्न र भीत्र छिराउन भ्याई-नभ्याई थियो ।
बाइसधारा पार्क भित्र बाक्लो भीडमा अधिकांश युवा-युवतीहरु फोटो खिच्न र टिकटक बनाउनमा व्यस्त देखिन्थे । त्यस्तै कतिपय ठाउँहरुमा आफ्नो-आफ्नो समूह बनाएर जमघट, जन्मदिन मनाउने, खानपान तथा नाचगान गर्दै गरेका देखिन्थे ।
हेर्नुहोस् केहि तश्वीरहरु:














तश्वीर: अनिल अधिकारी | काठमाडौँ