२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डढेलो नियन्त्रण हुन नसक्दा अझै वायु प्रदूषण

२०७८, २ बैशाख बिहीबार ०२:१८

बैशाख २, काठमाडौं । नेपालका विभिन्न भेगका लागेको डढेलो नियन्त्रण हुन नसक्दा अझै वायु प्रदूषण थामिएको छैन । देशका ३७७ स्थानमा डढेलो लागिरहेको छ ।

केही दिनअघिको मौसमको बदलीले वायुमण्डलमा रहेका प्रदूषणका कण थोरै भुइँमा झारे पनि अझै थपिने क्रम रोकिएको छैन । वातावरण विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीले भने, “पहिलेभन्दा थोरै सुधार भएको छ तर स्वस्थकर वायुमा श्वास लिने अवस्थामा अझै पुगिएको छैन ।” मङ्गलबार सबैभन्दा बढी वायु प्रदूषण धनगढीमा देखिएको छ । त्यसपछि काठमाडौँ, पोखरा, सौराहा, सिमरालगायतका सहरका आकाश प्रदूषणले ढाकिएको छ ।

विभागअन्तर्गत रहेको वायु गुणस्तर अनुगमन प्रणालीले देखाएअनुसार विगत २४ घण्टामा धनगढीमा वायु गुणस्तरको सूचकाङ्क २५९ पुगेको छ । त्यस्तै काठमाडौँमा वायु गुणस्तरको सूचकाङ्क करिब दुई सय छ । दुई दिनअघिसम्म घाम लागेर आकाश खुलेजस्तो भए पनि फेरि धुलो, धुवाँको चापले तुवाँलोको रूप लिएर वायुमण्डलमा प्रदूषण जमेको छ । काठमाडौँमा दुई दिनअघि शिवपुरी जङ्गलमा उच्च डढेलो लागेको थियो ।

पश्चिमी वायुको प्रभावले ल्याएको बदलीले वायु प्रदूषणबाट थोरै भए पनि राहत भएको छ । नेपालमा स्थानीय र पश्चिमी न्यूनचापीय रेखाको प्रभावले विभिन्न भेगमा पानी पर्ने अवस्था सिर्जना गरेको छ ।

मुख्य गरी नेपालका पश्चिमी क्षेत्र र केही पहाडी भेगमा आगामी दुई दिन हल्कादेखि मध्यम वर्षा हुने लक्षण देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने