१२ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

जडान गरिएको ५ महिना सम्म सञ्चालनमा आएन दार्चुलामा आइसीयू

२ बैशाख २०७८, बिहीबार ०६:१४

वैशाख २, दार्चुला । जिल्ला अस्पतालमा जडान गरिएको भेन्टिलेटर शय्यासहितको आइसीयू अझै सञ्चालनमा आउन सकेको छैन । जडान गरिएको पाँच महिना हुँदासमेत अस्पतालमा दक्ष जनशक्ति व्यवस्थापन गर्न नसक्दा आइसीयू प्रयोगमा नआएको हो । 

प्रदेश सरकारबाट प्राप्त दुईवटा भेन्टिलेर शय्यासहित आइसीयूकक्ष स्थापना गरिएको थियो । प्रदेश सरकारले प्रदेशका सबै जिल्ला अस्पतालमा भेन्टिलेटर शय्यासहित आइसीयू स्थापना गरेको थियो । सुदूरपश्चिम प्रदेशसभाका उपसभामुख निर्मला बडाल जोशीले विसं २०७७ मङ्सिर २५ गते जिल्ला अस्पतालमा सो सेवाको शुभारम्भ गर्नुभएको थियो । 

कोभिडका सङ्क्रमितले समयमै उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिन स्थापना गरिएको सो आइसीयूको लागि जनशक्ति पठाउन नसक्दा प्रयोगमा आउन नसकेको अस्पतालले जनाएको छ । कोरोनाका बिरामी बढ्दै गएपछि प्रदेश सरकारले गत मङ्सिरमा उक्त भेन्टिलेटर जिल्ला अस्पताललाई उपलब्ध गराएको थियो । पाँच महिनाअघि नै जडान गरिएको आइसीयू दक्ष जनशक्ति अभावमा सञ्चालनमा आउन नसकेको जिल्ला अस्पतालमा कार्यरत ल्याब असिस्टेन्ट दीपक विष्टले जानकारी दिनुभयो । अहिले आइसीयू चलाउन सक्ने जनशक्ति छैन ।

“आइसीयू सञ्चालन गर्न दक्ष चिकित्सक चाहिन्छन् । त्यो जनशक्ति अहिले अस्पतालसँग छैन । जनशक्ति पठाउन नसक्दा अहिले पनि आइसीयू प्रयोगमा ल्याउन सकिएको छैन”, उहाँले भन्नुभयो । गत मङ्सिरमा कोरोना भाइरसका गम्भीर बिरामीलाई उपचार गराउने उद्देश्यले भेन्टिलेटरसहितको आइसीयू कक्षमा उपकरण जडान गरिएको थियो । विशेषज्ञ जनशक्तिको अभावमा आइसीयू कक्ष सञ्चालनमा ल्याउन नसकिएको उहाँको भनाइ छ ।

आइसीयू कक्ष सञ्चालनका लागि विशेषज्ञ चिकित्सकको आवश्यकता पर्दछ । “विशेषज्ञ चिकित्सक अभावमा हामीले आइसीयू सञ्चालनमा ल्याउन सकेका छैनाँै । अहिले अस्पतालमा रहेका चार चिकित्सक नै बिदामा छन् । अस्पतालमै सामान्य जाँचका लागि समेत चिकित्सक छैनन् ।”उहाँले भन्नुभयो । 

आइसीयू कक्ष सञ्चालनमा आउन नसक्दा गम्भीर बिरामीलाई जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता कायमै छ । आइसीयूको उद्घाटनको क्रममा सरोकारवाला निकायले गम्भीर खालका बिरामीलाई जिल्लामै उपचार गराउन सकिने बताएका थिए ।  पाँच महिना हुँदा पनि आइसीयू सञ्चालन भए÷नभएकोबारे सरोकारवाला निकाय उदासिन रहेको स्थानीयवासीको आरोप छ । कोरोनाका मात्रै नभएर अन्य गम्भीर बिरामीलाई पनि आइसीयूमा राख्नुपर्ने हुन्छ । त्यस्ता बिरामीलाई बाहिर पठाउनु परिरहेको अस्पतालले जनाएको छ । कोरोनाको दोस्रो लहर शुरु भइसकेको छ । जिल्लामा एक जनामा कोरोना देखिएपछि अस्पतालमै राखिएको  जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार ती विरामीलाई १० दिनसम्म अस्पतालमा राख्नुपर्ने हुन्छ ।

भारतबाट अहिले दैनिक ८० देखि १०० जनाको हाराहारीमा नेपाल भित्रिरहेका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाको तथ्याङ्कअनुसार गत चैत १० गते यता जिल्लाका खलङ्गा, तिगरम, दत्तु, जोलजीवी र लाली नाका भएर तीन हजार ३२४ स्वदेश फर्किएका छन् । प्रहरी निरीक्षक पुष्कर ऐरका अनुसार तिगरम नाका भएर ३२० महिला र ३८५ पुरुष भित्रिएका छन् । सदरमुकाम खलङ्गा नाका भएर १७८ महिला र एक हजार १४० पुरुष नेपाल भित्रिएका छन् । यस्तै दत्तुनाका भएर १३२ महिला र ५५१ पुरुष नेपाल आएका छन् । मालिकार्जुनको जोलजीवी नाका भएर ११४ महिला र १०० पुरुष तथा लालीनाका भएर १९६ महिला र ३१५ पुरुष स्वदेश भित्रिएको प्रहरीको तथ्याङ्क छ । सदरमुकाम खलङ्गाका उनीहरुलाई जाँचको व्यवस्था गरिएको भए पनि अन्य नाकामा जाँचको व्यवस्थापन गरिएको छैन ।

जिल्ला अस्पतालका चार चिकित्सक नै जिल्ला बाहिर भएकाले गोकुलेश्वरबाट चिकित्सक ल्याएर उपचार गराइँदै आएको छ । जिल्ला अस्पताल दार्चुलामा चिकित्सक नहुँदा बिरामी जाँचमा समस्या भएको छ । चार कार्यरत रहेको जिल्ला अस्पतालका चारै चिकित्सक जिल्ला बाहिर गएका छन् । अस्पताल चिकित्सक अभाव हुँदा बिरामीको जाँचमा समस्या भएको छ ।

अस्पतालका नवौँ तहका मेडिकल सुपरिटेन्डेण्ट र आठौँ तहका मेडिकल अधिकृतको दरबन्दी वर्षौैँदेखि रिक्त छ । अस्पताल स्थापनादेखि अहिलेसम्म नवौँ तहको चिकित्सक जिल्ला अस्पताल नआएको अस्पतालका प्रशासन शाखा प्रमुख आनसिंह डागाले बताउनुभयो । अस्पतालमा हाल छात्रवृत्ति करारका चिकित्सक आर्दश लिम्बू, पूजा बम र नवीनकिशोर मल्ल कार्यरत छन् भने सुदूरपश्चिम प्रदेश सरकारको करारबाट देवेन्द्र नेगी कार्यरत छन् । अहिले चारै जना चिकित्सक बिदा तथा तालिममा गएपछि अस्पतालमा समस्या भएको हो । अस्पताल प्रशासनका अनुसार अस्पतालका प्रमुख डा आर्दश लिम्बू गत चैत १८ गतेबाट काठमाडौँ गोष्ठीमा सहभागी भएका छन् । यस्तै पूजा बम र नवीनकिशोर मल्ल शनिबारदेखि बिदा र प्रदेश गोष्ठीमा गएका छन् भने देवेन्द्र नेगी चैत २२ गतेबाट बिदामा गएका हुन् ।

अहिले अस्पतालमा बिरामी जाँच गर्न समस्या भएपछि गोकुलेश्वर अस्पतालबाट डा मियाज अन्सारी बोलाइएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी भट्टले बताउनुभयो । “हामीले चिकित्सकको अभाव हुन दिएका छैनाँै ।” उहाँले  भन्नुभयो । अहिले अस्प्तालमा दैनिक ८० बढी बिरामी आउने गरेका छन् । पछिल्लो समय मौसममा आएको परिवर्तनका कारण रुघाखोकीका बिरामी बढी आउने गरेका छन् । एक मात्रै चिकित्सक हुँदा बिरामीले अस्पतालमा घण्टौँ कुर्नपर्ने बाध्यता छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा संसदीय दलको नेतामा को ? बालेन भन्छन् – तीनकुने सरकारले व्यक्तिको जग्गा लुटेर राखेको स्थान हो मोहन वैद्य अस्पताल भर्ना ट्रम्प ह्वाइट हाउसमा फर्कनुअघि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई चाँडै फर्कन विश्वविद्यालयहरूको आग्रह राष्ट्र बैंकले गर्यो ३ वटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज नेता भण्डारीको प्रश्न : सम्पति शुद्धीकरणको मुद्दा जहाँबाट पनि चलाउने हो भने अब बाँकी रहन्छ को? पोस्टरमा यस्तो देखियो फिल्म ‘होस्टेल ३’ रूसी मिसाइलले अजरबैजानको जहाज खसालेको दाबी आफ्नै फ्ल्याटमा मृत भेटिइन् भारतीय आरजे सिमरन सिंह म्यासेडोनिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ सहकारी ठगी प्रकरणमा रवि लामिछानेसँग दोस्रो दिन बयान सुरु एनएपीएलमा छक्का हानेको बल क्याच गरेर ४ जनाले पाए २५/२५ हजार सरकारलाई जनकपुर बोल्ट्सले साढे २७ लाख कर दिनुपर्ने, अरु टोलीले कति? दुर्गा प्रसाईंलाई रिहा गर्ने आदेशविरुद्ध पुनरावलोकन गर्दै सरकार राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकबाट हट्दै मोन्टी देसाई आज बढ्याे सुनचाँदीको मूल्य, प्रतितोला कति? मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार एक जना युवकको मृत्यु रास्वपाको सचिवालय बैठक आज बस्दैँ यस्तो छ, शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर ! संघीय संसद अन्तरगत दुई समितिको बैठक आज बस्दै