२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा हतौडा प्रहारबाट बालकको हत्या, एकजना पक्राउ

२०७८, ४ बैशाख शनिबार ११:१०

वैशाख ४, बैतडी (रासस) । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपािलका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या भएको हो । 

महेशको दोगडाकेदार गाउँपालिका–३ सिल्लेगडाका मामा नाता पर्ने १८ वर्षीय नारायण भुलले हत्या गरेका  खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमले जानकारी दिनुभयो ।

मामाघर दोगडाकेदार आएका महेशमाथि नारायणले आज बिहान साढे ११ बजेतिर घरमै  हतौडा  प्रहार गरेका हुन् । हतौडा प्रहार भएलगत्तै महेशको घटनास्थलमै मत्यु भएको हो । 

के कति कारणले महेशको हत्या भयो भन्नेबारे खुल्न नसकेको खोचलेक प्रहरी चौकीले जनाएको छ । महेश आफ्नी आमासँगै मामाघर आएको बताइएको छ ।  सो चौकीका प्रहरी टोली अहिले घटनास्थलमा पुगेको छ ।

  घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ । नारायणलाई प्रहरीले नियन्त्रणमा लिएको  छ ।  घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनको टोली पनि घटनास्थल जाने तयारीमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ