Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भारतीय एसएसबीको दादागिरी: आफ्नै भूमिमा काठे पुल निर्माण र सडक कालोपत्रे गर्न दिएन

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन २५, कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–७, कञ्चनभोजस्थित नालामा अस्थायी काठे पुल बनाउन भारतीय एसएसबीले रोक लगाएको छ ।

एसएसबीले दशगजा क्षेत्रमा पर्ने जनाई पुल बनाउन नदिएको हो । भारतीय सीमावर्ती क्षेत्र नजिक पर्ने कञ्चनभोजको नालामा पुल नहुँदा नेपाल भारतका बासिन्दालाई आवतजावत अप्ठेरो परेको छ ।

नेकपा (एमाले) दोधारा चाँदनी नगर कमिटीले स्थानीयवासीको आग्रहमा सोमबार अस्थायी पुल बनाउने कार्य सुरु गरेपछि एसएसबीले रोेक लगाएको हो । कमिटीका अध्यक्ष किशोरकुमार लिम्बूले एसएसबीले दशगजा क्षेत्रमा पर्ने भन्दै पुल बनाउन नदिएको बताउनुभयो ।

उहाँका अनुसार अस्थायी पुल निर्माण रोक्नका लागि १५ जनासम्म एसएसबीका जवान आएका थिए । एसएसबीले पुल बनाउन नदिएपछि सशस्त्र प्रहरी सीमा सुरक्षा बल बेस क्याम्प दोधारा चाँदनीको टोली सुन्दरनगर पुगेको थियो । सशस्त्रको टोलीसित पनि एसएसबीले दशगजा क्षेत्र भएको जिकिर गर्दै आफूहरुको निगरानीमा मात्रै पुल बनाउन पर्ने अडान दोहो¥याएको थियो ।

भारतीय पक्षले भीमदत्त नगरपालिका–१० जिमुवामा सीमा क्षेत्र नजिक सडक ग्राभेल र कालोपत्रे गर्न दिएको छैन । दशगजा क्षेत्रमा परेको जनाउँदै सडकमा कालोपत्रे गर्न रोक्ने गरेको छ । रासस