2026-09-12 01:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

मास्क प्रयोग नगरे रु ५० जरिवाना

वैशाख १३, महेन्द्रनगर (रासस)। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको निर्णयबमोजिम प्रहरीले आजदेखि महेन्द्रनगरमा मास्क विना हिँड्डुल गर्नेलाई कारबाही थालेको छ ।

पहिलो दिन आज बजार क्षेत्रमा मास्क विना हिँड्डुल गर्ने ३७ जनालाई कारबाही गरिइएको छ । कारबाहीस्वरुप उनीहरुबाट रु एक हजार ८५० जरिवाना असूल गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । ‘तपार्इंको मास्क खै ? अनिवार्य मास्क लगाउनु है ?”, अभियान थालनी गरेको प्रहरीले बजार र आसपासका क्षेत्रमा कोरोना सङ्क्रमण न्यूनीकरणका उपाय अपनाउन माइकिङसमेत गरिरहेको छ ।

शुरुमा प्रहरीले ८०/९० जनालाई सम्झाइबुझाइ गरेर छाडेकोसमेत जनाएको छ ।

दुई सङ्क्रमितको मृत्यु

कोरोना भाइरस सङ्क्रमणबाट आज कञ्चनपुरको भीमदत्त नगरपालिकाका दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भीमदत्त नगरपालिका–४ का ६० वर्षीय पुरुष र सोही नगरपालिका–१५ का ७० वर्षीय पुरुष रहेको छ । उपचारका क्रममा आज दुबै जनाको महाकाली अस्पतालमा मृत्यु भएको हो । कोरोना सङ्क्रमणपछि दुबै जनालाई उपचारका लागि सो अस्पतालमा भर्ना गरिएको थियो । बितेको तीन दिनमा अस्पतालमा उपचाररत तीन सङ्क्रमितको मृत्यु भइसकेको महाकाली अस्पताल कोभिड–१९ सम्पर्क व्यक्ति डा गोविन्द रोकायाले जानकारी दिनुभयो । उहाँले हाल अस्पतालमा ६० जना सङ्क्रमितको उपचार भइरहेको जानकारी दिनुभयो । 

त्यसैगरी, यहाँको गड्डाचौकी नाकाबाट भारत जान आज बिहानदेखि रोक लगाएको छ । भारतमा कोरोना सङ्क्रमण बढ्दै गएका बेला यहाँको स्थानीय प्रशासनले नेपाली नागरिकलाई भारत जान रोक लगाएको हो । इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले आइतबार बेलुकीदेखि नै भारत जाने क्रम न्यून रहेको बताउनुभयो । उहाँले भारतबाट भने नेपालीहरुलाई गड्डाचौकी नाकाबाट स्वदेश फिर्ता हुन दिइएको बताउनुभयो ।

“अहिले यो नाकाबाट दैनिक पाँचदेखि सात सयजना स्वदेश फर्किरहेका छन्”, प्रहरी नायब उपरीक्षक गुरुङले भन्नुभयो, “आउनेहरुको नाकामा स्वास्थ्य परीक्षण पनि भइरहेको छ ।” स्थानीय प्रशासनले आंशिक बन्दाबन्दी (लकडाउन) गर्ने विषयमा गृहकार्य गरिरहेको छ ।

त्यस्तै, यहाँका स्थानीय तहहरुले पनि कोरोना सङ्क्रमण बढ्न थालेपछि कार्यपालिकाको कामकाज बन्द गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा